sujim bazar advert

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

    बैशाख २२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

आग्रा, भारत/उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ ।

बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो ।

भीषण रुपमा आएको हावाहुरीको कारण ढलेको रुख र पर्खालको कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो ।
उत्तर प्रदेश, राजस्थान र पञ्जवा राज्यमा भीषण आँधी आएको हो । यो आँधी २५ वर्षयताको सबैभन्दा भीषण रुपमा रहेको अधिकारीहरुको भनाई छ ।

यस आँधीबाट उत्तर प्रदेशमा १२१, राजस्थानमा २१ र पञ्जावमा प्रान्तमा एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यसमा परी अरु सयौँ व्यक्ति घाइते भएका छन् । घाइते तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् ।

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पु¥याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

आँधीको प्रकोप शुक्रबार पनि देखिएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार पनि हावाहुरीको आउने सम्भावना रहेको जनाएका छन् ।

मानिसहरुलाई घरबाट बाहिर ननिस्कन, सुरक्षितस्थलमा बस्न तथा सतर्कता अपनाउन ती राज्यका नागरिकमा सरकारले सूचना जारी गरेको समाचारमा जनाइएको छ ।  (एएफपी)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top