sujim advert

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

    बैशाख २२, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

स्टकहोम, स्वीडेन/ यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ ।

हामीले पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व हामीले थपसमय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौँ, ‘स्वीडिस एकेडेमी’ का अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गरी जानकारी गराउनु भएको छ । उहाँले सन् २०१९ मा दुबै पुरस्कार एकैसाथ घोषणा गरिने बताउनुभयो ।

यौनहिंसा विरूद्ध विश्वव्यापी रूपमा चलाइएको ‘मि टु क्याम्पियन’ अन्तर्गत विभिन्न १८ महिलाले आफूहरू स्वीडेनी सांस्कृतिक क्षेत्रमा काम गर्ने प्रभावशाली व्यक्तित्व जाँ–क्लाउड अरनोल्टबाट बलात्कृत वा योन आक्रमणमा परेको भन्ने भनाई बिषयमा स्वीडेनी पत्रिका डगेन्स निहेटरले बाहिर ल्याएपछि गत नोभेम्बरदेखि एकेडमी विवादमा तानिएको थियो ।

एकेडेमीका सदस्य तथा कवयित्री कटरिना फ्रोस्टेनसनका फ्रान्सेली श्रीमान् अर्नोल्टले आरोपको नियमित रूपमा खण्डन गर्दै आउनुभएको छ ।  (एएफपी)

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top