+
Search

ताजा अपडेट +

पपुलर +

के अब त्रिशूली, बेत्रावती र देवीघाटको अस्तित्व समाप्त नै हुने हो त ?

शिव देवकोटा
२१ मिनेट अगाडी

भदौ ३०, नुवाकोट । गत भदौ १० गते रसुवाकोे भोटकोशी नदीमा आएको बिनाशकारी बाढीले नुवाकोटको सबैभन्दा पुरानो र कुनै बेला नेपाल र तिब्बतबिचको प्रमुख व्यापारिक केन्द्र समेत रहेको मानिने त्रिशूली बजारलाई पूर्णरुपमा विनाश गर्यो । त्रिशूलीका सयौं नागरिकले बाढीका कारण ज्यान गुमाए भने यहाँका धार्मिक सम्पदाहरु, नुवाकोटकै पुरानो त्रिशूली स्कूल, कलेज र एक नीजि बिद्यालय समेत बाढीको चपेटामा पर्यो  ।

आफ्नो थातथलो पूर्णरुपमा बिनाश भएपछि यहाँका उत्साही युवाहरुले ‘हामी उठाउँछौं हाम्रो त्रिशूली बजार’ भन्ने अभियान सुरु गरेर देश बिदेशमा रहेका नेपालीहरुलाई उक्त अभियानमा जोड्ने प्रयास गरेका छन् । त्रिशूली सभ्यताको एक महत्वपूर्ण स्थानका रुपमा रहेको त्रिशूली बजारको ऐतिहासिकता जोगाई राख्न पनि पूर्बवत रुपमै पुनर्निर्माण गर्न जरुरी रहेकाले अभियान सुरु गरिएको स्थानीय सामाजिक अभियन्ता महेन्द्र श्रेष्ठ बताउँछन् ।

प्रधानमन्त्रीको यो अभिब्यक्तिसंगै एउटा प्रश्न टड्कारो रुपमा खडा भएको छ: के अब त्रिशूली, बेत्रावती, देवीघाट जस्ता ऐतिहासिक र धार्मिक महत्वका स्थानहरुको अस्तित्व समाप्त नै हुने हो त ?

त्रिशूलीका स्थानीयहरुले अभियान चलाईरहँदा सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको एउटा अभिब्यक्तिले भने सबैमा संशय पैदा गरिदिएको छ । प्रधानमन्त्री शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुसँगको छलफलका क्रममा अव नदी तटीय क्षेत्रहरुमा बस्ती बसाउन सम्भव नभएकाले सुरक्षित स्थानमा जग्गाको पहिचान गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको यो अभिब्यक्तिसंगै एउटा प्रश्न टड्कारो रुपमा खडा भएको छ: के अब त्रिशूली, बेत्रावती, देवीघाट जस्ता ऐतिहासिक र धार्मिक महत्वका स्थानहरुको अस्तित्व समाप्त नै हुने हो त ?

बाढीपछी देवीघाट

बर्तमानको अवस्था हेर्दा तटीय क्षेत्रमा बस्ती बसाउन गाह्रो देखिन्छ नै तर असम्भव भने हैन । अहिले बाढीका कारण बस्तीमा थुप्रिएको लेदो र बालुवाका कारण समस्या देखिएको हो । लेदो र बालुवा हटाउन यथासम्भव प्रयास गरेर पूर्ण सरसफाई भईसक्दा यी तिनै बजारका माथिल्लो क्षेत्रमा बस्ती सम्भव हुन सक्ने तर्फ सबै तहका सरकारहरुको ध्यान जानु जरुरी छ । यो किन पनि आवश्यक छ भने नागरिकहरु हत्तपत्त आफ्नो थातथलो छाडेर अन्यत्र जान चाहँदैनन् । लामो समय देखि एउटै थातथलोमा बसिरहेकाहरु छुट्टिएर बस्नु पर्दाको पीडा कस्तो होला ? चालचलन, रीतिरिवाज, जातीय स्वरुप लगायतका धेरै कारणले नागरिकहरु सकेसम्म अन्यत्र जान चाँहदैनन् भन्नेमा नीति निर्माण तहमा रहेकाहरुको ध्यान जानु जरुरी छ ।यसर्थ बजारहरुका जोखिम क्षेत्रको पहिचान गरि त्यही स्थानलाई सुरक्षित बनाउने उपायहरुको खोजी गरि कमसेकम बजारहरुको ऐतिहासिकता र धार्मिक पक्षको संरक्षणतर्फ पनि सोचिनु धेरै अर्थमा सान्दर्भिक हुन सक्छ ।

बाढीका कारण अहिले न बेत्रावतीको उत्तरगया धाम र सन्धी ढुङ्गा बाँकी रह्यो, न त्रिशूली बजारको ऐतिहासिकता अनि न देवीघाटको जालपादेवी मन्दिर ।

बाढीले सम्पूर्ण रुपमा ध्वस्त बनाएका यहाँका ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको पुनर्निर्माणमा सबैको ध्यान जानु जरुरी छ । धार्मिक रुपमा अत्यन्त महत्वपूर्ण मानिने नुवाकोट र रसुवाको सीमामा रहेको उत्तरगयाधामको नामले समेत चर्चित बेत्रावती बजार, जहाँ नेपाल र तिब्बत बिचको युद्धमा दुबै पक्षबिच सन्धि समेत भएको थियो । यसैगरी ऐतिहासिक त्रिशूली बजार अनि पृथ्वीनारायण शाहको समाधिस्थल र प्रसिद्ध जालपादेवी मन्दिर रहेको देवीघाट बजार नुवाकोटको मात्र हैन सिङ्गो नेपालकै इतिहासमा महत्वपूर्ण स्थान बनाएका क्षेत्रहरु हुन् । बाढीका कारण अहिले न बेत्रावतीको उत्तरगया धाम र सन्धी ढुङ्गा बाँकी रह्यो, न त्रिशूली बजारको ऐतिहासिकता अनि न देवीघाटको जालपादेवी मन्दिर । अव सबै तहका सरकारहरुको ध्यान प्रभावित नागरिकको सहज ब्यवस्थापनसँगै धार्मिक र ऐतिहासिकताको संरक्षणमा समेत केन्द्रीत हुनु जरुरी देखिएको छ ।

बाढीपछि बेत्रावती बजार

प्रधानमन्त्रीले सुरक्षित स्थानमा बस्ती बसाउने भनेपनि त्यो त्यति सहज भने देखिँदैन । अहिलेसम्म स्थानीय तहहरुले बास्तविक पीडितको यकिन तथ्यांक समेत निकाल्न सकेको पाईदैन । तत्कालिन अवस्थामा राहतका लागि स्थानीय तहहरुले हचुवाका भरमा बनाईदिएको पहिचान पत्र अब पुर्नस्थापनाको चरणमा समस्या बनेर आउने निश्चित छ । २०७२ सालको भूकम्पको बेला जस्तै सबै पीडित हुन भन्ने सोच अनि कसैलाई पनि चिढ्याउन नचाहने जनप्रतिनिधिहरुको मनोबृत्तीले अवको चरणमा असहजता पैदा गर्ने निश्चित छ । तसर्थ नागरिकहरुमा राज्यले बिभेद गरेको अनुभूति नहुने गरि पुर्नस्थापना र पुर्नबासका लागि राज्यको ध्यान जानु नै अहिलेको प्रमुख आवश्यकता हो ।

लेखकको बारेमा

शिव देवकोटा

ट्रेन्डिङ