२०८१, १४ बैशाख शुक्रबार

सुन तस्करी-हत्या अभियोगका आरोपितको बयान लिन शुरु

    बैशाख २१ २०७५ ००:१६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विराटनगर/ जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ ।

जिल्ला न्यायाधीश नारायण शर्मा समक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन् । यी अभियुक्तसँग बयान लिने काम सकिएको छैन । बयान लिने काम शुक्रबार पनि जारी रहनेछ ।

निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत मोरङमा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएको छ । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top