sujim bazar advert

बौद्धिक अपाङ्गता भएका विद्यार्थी पढ्ने विद्यालयलाई पंखा हस्तान्तरण

    बैशाख १५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / विदुर नगरपालिका-५ माझीटारमास्थित बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्दै आएको जिल्लाको एक मात्र विद्यालयलाई पंखा हस्तान्तरण गरेको छ ।

विदुर-९ का सुशील पण्डितको सहयोगार्थमा विदुर सिटी युथ क्लबले विद्यालयलाई ६ वटा पंखा र जडान सामग्री हस्तान्तरण गरेको क्लबका उपाध्यक्ष सुनील श्रेष्ठले बताए ।

गर्मीमा शितलताको छहारी प्रदान गरेकोमा पण्डितलाई बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयका प्रमुख राजिन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

Image may contain: 1 person, smiling, outdoor

बौद्धिक अपाङ्गता अभिभावक संघद्वारा संचालित बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत भए पनि सरकारीस्तरबाट एकजना सहयोगी शिक्षक (आया) मात्र उपलब्ध भएकाले शैक्षिक निरन्तरतामा चुनौती देखिनुको साथै खाजा, खानाको पनि आर्थिक अभाव रहेको छ । उक्त विद्यालय विसं २०६८ देखि संस्थागत रुपमा सञ्चालन गरिएको हो ।

No automatic alt text available.

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top