sujim bazar advert

बाबु हुनु त यस्तो, सुपा तामाङ जस्तो

    बैशाख १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

धुन्चे, रसुवा/चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका ।

चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर ४८ वर्षीय सुपाले सन्तानप्रति पोख्नुभएको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको छ ।

उहाँले यहाँस्थित जिल्ला अस्पतालको शैयामा मृत्युसँग जुधिरहेकी आफ्नी सुत्केरी छोरी र नवजात शिशुलाई थप उपचार गर्न निजी खर्चमा काठमाडौँबाट हेलिकप्टर मगाई आफ्नो वात्सल्यलाई डगमगाउन दिनुभएन । उदाहरणीय र अनुकरणीय बाबुको कर्तव्य पालन गर्न चुक्नुभएन ।
अस्पताल परिसरमा टहलिँदै आकाशमा कुन बेला हेलिकप्टर देखिन्छ भनेर पवित्र गोसाईकुण्ड हिमशृङ्खलातर्फ हेरिरहनुभएका पार्वतीकुण्ड गाउँपालिका गोल्जुङ–१ निवासी ४८ वर्षीय सुपाले गहभरी आँशु पार्दै भन्नुभयो, “डाक्टरले जति छिटो हुन्छ, आमा—शिशुलाई काठमाडौँ पु-याउनुहोस्, आमा शिशु दुवैको जीवन खतरामा छ, शिशुको त झन् वढी खतरामा छ, हामीले गर्नसक्ने जति उपचार यहाँ गरिसक्यौँ भन्नुभएको छ ।”

“अस्पतालको ढोकामा झुण्ड्याइएका एम्बुलेन्सका चालकहरुको नम्बरमा कुनैसित पनि सम्पर्क भएन । एम्बुलेन्स पाइएन । हेलिकप्टर नै मगाउनु प-यो । ज्यानभन्दा ठूलो त पैसा होइन नी ! छोरी र नाति बाँचे भने त सके तिर्लान् । नसके जसो होला होला जस्ता लाग्यो । अलिकति पाटा ( जमिन) थियो, लालपूर्जा राखिदिन्छु भनेर ऋण लिएर हेलिकप्टरका लागि पैसाको जोहो गरेँ ।” उहाँले मलिन हुँदै भन्नुभयो ।

दुई छोरी र दुई छोराका पिता सुपाकी जेठी छोरी दावा ग्याल्मो घले सात महिनाको गर्भवती अवस्थामा एक्कासी रक्तस्राब हुन थालेपछि नजिकको गोल्जुङ स्वास्थ्य चौकीमा पुगेकी थिइन् । “स्वास्थ्यकर्मीले तुरुन्त धुन्चेस्थित जिल्ला अस्पतालमा लैजानुस् भने । बाटोमा ल्याउँदा बाटोमा झन् खुन गयो,” अस्पतालको मूलढोकामा नै झरेको रगत देखाउँदै दावाका पति कर्मा तामाङले भन्नुभयो ।

यहाँस्थित १५ शैयाको जिल्ला अस्पतालमा शल्यक्रियाद्वारा बच्चा जन्माउने जनशक्ति र आईसीयूसमेत छैन । “हामीकहाँ ल्याइपु¥याउँदा बिरामीको निरन्तर रगत गइरहेको थियो । सबै परीक्षण गर्दा आमा र पेटभित्रको शिशुको अवस्था सामान्य थिएन । रगत रोक्ने काम गरेँ । रगत बग्न रोकिएपछि बच्चा सकुशल कसरी निकाल्न सकिन्छ भनेर आफूले अध्ययन गरेका सबै चिकित्सकीय ज्ञानलाई प्रयोग गरेँ । करिब तीन घण्टाको अथक प्रयासछि विना शल्यक्रिया पेटभित्रबाट शिशु निकालँे । सुत्केरी हुन दिन पुगेकै थिएन । शिशुको तौल कम थियो । थप उपचार सेवा दिने उपकरण, विशेषज्ञ र दक्ष चिकित्सक तथा रक्तसञ्चार सेवासमेत नभएकाले काठमाडौँ रिफर गरेँ,” चिकित्सक नितुकुमारी झाले भन्नुभयो ।

हेलिकप्टर मगाउन सहजीकरण गर्नुभएका यहाँका ज्येष्ठ सञ्चारकर्मी ज्ञानेन्द्र न्यौपानेले भन्नुभयो, “बिहान बेलुकी छाक टार्नसमेत मुस्किल पर्ने सुपाले छोरीको थप उपचार गर्न देखाउनुभएको तत्परता र माया अनुकरणीय छ । साथमा नगद पैसा नभए पनि उहाँको बोली र व्यवहारले मैले हेलिकप्टर तत्काल झिकाउन सहजीकरण गरिदिएँ ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माका अनुसार अझै ७५ प्रतिशत गर्भवती आमा घरमा नै सुत्केरी हुन्छन् भने २५ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदै आएका छन् ।

वर्षेनी करीव नौसयदेखि एक हजार गर्भवती हुने आमामध्ये करीव २५० ले मात्र जिल्लाभर रहेका १३ वटा बर्थिङ सेन्टरबाट गतवर्ष सेवा लिएका थिए । अर्काेतर्फ जिल्ला अस्पतालमा गत वर्ष ६२ गर्भवती महिलाले बच्चा जन्माएका थिए । गर्भवती सबै आमालाई स्वास्थ्य संस्थामा नै सुत्केरी हुन ल्याउन स्थानीय तह मार्फत् अभियान शुरु भएको उहाँले जानकारी दिनुभयो । (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top