sujim advert

कृषि र पर्यटन विकासको लागि तारकेश्वर महोत्सव: सोमबहादुर तामाङ

    बैशाख ११, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

कृषि पर्यटन र स्थानीय स्रोतलाई प्रवद्र्धन तथा प्रचार प्रसार गर्नको लागि हुन गईरहेको प्रथम तारकेश्वर महोत्सव तपाईं हाम्रो नजिकै आइसकेको छ । यस्ता ऐतिहसिक महोत्सव सफल बनाउनु हामी सबैको दायित्व हुने गर्दछ । भौगोलिक रुपले विकट भएपनि संभावनाको हिसाबले प्रचुर मात्रामा पर्यटकीय गन्तव्य रहेको छ । त्यसैलाई आत्मसात गर्दै तारकेश्वर गाउँपालिका– १ को फलाटे (साविकको दाङसिङ–२ ) मा हुने उक्त महोत्सव स्थानीय कला संस्कृति, धार्मिक रितिरिवाज, चालचलन, पुरातात्विक वस्तुहरुको संरक्षण, सम्वद्र्धन गर्न सकिन्छ भन्ने विश्वासका साथ गरिदैछ । स्थानीय उत्पादनको प्रचारप्रसार गर्दै तारकेश्वरका विभिन्न स्थललाइ पर्यटकीय हबका साथै रास्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनिने होमस्टे बनाउन महोत्सव सहयोगी बन्ने आशा गरिएको छ । ‘एक घर एक ब्यापार, तारकेश्वर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘प्रथम तारकेश्वर महोत्सव फलाटे २०७५’ हुदै गर्दा यहाँका स्थानीय र आन्तरिक एवम् बाह्यपर्यटकको सम्पर्क बढ्दै जाने र जसले गर्दा स्थानीय स्रोत साधनको विकासमा नयाँपन र दिगोपन ल्याउन र प्रविधिको प्रयोग गर्न सहज हुने गर्छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, आफ्नो गाउँघरमा भएको उत्पादन बिक्री वितरण गर्न प्रोत्साहन गर्ने, पर्यटन क्षेत्र निर्माण गर्नुका साथै परिचय गराउने, ऐतिहासिक स्थानहरुको प्रचार प्रसार गर्ने, स्थानीय संस्कार संस्कृतको जगेर्ना गर्ने, तामाङ होमस्टेको विकास गर्ने, अर्गानिक खाना फलफूल गेडागुडी बिक्रीवितरण गर्ने, स्थानीयस्तरमा होटेल संचालनमा प्रोत्साहन गर्ने, आधुनिक खेती, सामुदायिक खेती गर्नमा प्रोत्साहन गर्ने, गुफा, झरना, देबीदेवल लगायत पुरातात्विक सम्पदाहरुको सम्वद्र्धन एवम् संरक्षण गर्ने, काँठेलोक गीत, मारुनी नाच आदिको प्रचारप्रसार गर्ने, आन्तरिक पर्यटन क्षेत्र निर्माणमा स्थानीय सरकारको लगानी ध्यानाकर्षण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कृषि र पर्यटनको माध्यमबाटनै विकास सम्भब छ भनेर छारेमेंन्दो युवा सेवा समाज र नुवाकोट पर्यटन विकास संस्थाको सयुक्त आयोजनामा नुवाकोटको उत्तर(पश्चिमी भेगस्थित तारकेश्वर गाउँपालिका वार्ड नं. १ फलाटेमा रहेको खेल मैदान प्रयोग गरि महोत्सब आयोजना गर्ने निर्णय गरेका हौँ ।

कृषि क्षेत्रका लागि सम्भावित तारकेश्वरको बेसीका फाँटहरु तरुकाघाट, बुधसिङ, हल्लेफाँट लगायत वडा न ६ का केही भू–भागमा निकै सम्भावना रहेका स्थान छन् जसलाई सही सदुपयोग गरेर आधुनिक तरिकाबाट कृषिमा आमुल परिवर्तन गर्न सकिन्छ । यसैगरी तारकेश्वरभित्र रहेका विभिन्न पर्यटकीयस्थल छन जस्तै, दाङसिङ छाँगा झरना, फिर्केपकोट, जन्तरेको गडीडाँडा, बुधसिङ डाँडा, गुफा, काफलपानि भन्ज्याङ, पाङत्योछ्यो डाँडाबाट गणेश हिमाल, लाङटाङ हिमाल आदिको अवलोकन गर्न पाइन्छ । यसैगरी नेपालको एकमात्र गोरु जुधाई (बुल फाइट ) हुने तारुका यसै गाउँपालिका भित्र छ जसको आफ्नै मौलिक इतिहास रहेको छ । यस्ता स्थल र सम्पदा जसको प्रचारप्रसारको अभावमा लुप्त अबस्थामा रहेका छन् जसलाई सबैसामु चिनाउनाका निमित्त हामीले यो महोत्सव आयोजना गरेका हौ । यस्ता संरचना र पर्यटकीयस्थलको विकास र जगेर्ना गर्न सके स्थानीय रुपमै आत्मनिर्भर बन्न सकिन्छ जसकारण विदेसिएका लाखौं युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकिन्छ । त्यसैको पहिलो खुड्किला स्वरुप हामीले महोत्सब आयोजना गर्न लागेका हौँ फलस्वरूप यसमा हामी सफल हुनेमा विस्वस्त छौं ।

यो महोत्सब सफल पार्नका निम्ति विभिन्न क्षेत्र र देश विदेशबाट सहयोग गर्दै आउनुभएका सहयोही व्यक्ति तथा संघसस्था हरुलाई धन्यवाद दिदै अझै सहयोगको आशा गर्दछु साथै सहयोग गर्न चाहने सबैलाई यो महोत्सब आफ्नै सम्झी सक्दो सहायोग गर्न र महोत्सप अवलोकन गरेर भरपुर मनोरञ्जन लिनको लागि सम्पूर्ण आम राजनीतिकर्मी, बुद्धिजीवी, पेसाकर्मी, पत्रकार, विभिन्न संघसस्था अनुरोध गर्दछु । महोत्सव हाम्रो पहिलो प्रयास हो । यसबाट आगामी दिनमा गाउँपालिकाको समृद्धिको खातिर नयाँ योजनाहरु कार्यन्वयन हँुदै गएमा हामीले यो महोत्सव गरेको सार्थक हुनेछ । महोत्सवले आजको भोली नै परिवर्तन त नल्याउँला । तर, हामीले तारकेश्वरमा धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, कृषि पर्यटनको संभावनाको खोजी गराउन यसले सघाउने विस्वास लिएका छौं । महोत्सवले भौगोलिक रुपमा विकट रहेको तारकेश्वरको विकास र समृद्धिको लागि सबैलाई निकट बनायो भने यो नै महोत्सवको सफलता हुनेछ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top