sujim bazar advert

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

    बैशाख ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Mexico attack 2018
Big Education Consultancy Nuwakot
global ime bank flash loan

मेक्सिको सिटी/मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ ।

मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गर्नु भएको बताउनु भएको छ ।
ड्युटीमा खटिएका प्रहरीलाई अपराधीक समूहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।

राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

गुइरेरो पछिल्लो दुई बर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top