२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

सिआईए प्रमुख र किमबीच भेट

    बैशाख ६ २०७५ १५:३३

Kim
pratik book and stationery center in nuwakot

वासिङ्टन, अमेरिका / अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ ।

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख माइक पोम्पेओ र नेता किमबीच भेटवार्ता भएको जनाइएको छ ।
उहाँहरूबीच उत्तरपूर्वी एसियाली मुलुकमा एक हप्तापहिले गोप्य भेट भएको राष्ट्रपति ट्रम्पको ट्वीटर सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “गतहप्ता माइक पोम्पेआले उत्तर कोरियाली नेता भेट्नुभएको छ । दुई अधिकारीबीच भएको भेटमा दुई मुलुकबीचका असमझदारीलाई हटाउने बिषयमा कुराकानी भएको भेट सकारात्मक रहेको छ ।” भेट दुईदेशबीचको सम्बन्ध सुधारका लागि उपयोगी भएको अमेरिकी राष्ट्रपतिको भनाई छ ।

कोरियाली प्रायदीपमा देखिदै आएको विवाद तथा उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणले लिएको तनावपूर्ण अवस्थामा केही समय पहिले दक्षिण कोरियामा भएको शीत ओलम्पिक खेलमा प्योङयाङले सहभागिता जनाउने एक्कासी निर्णय आएपछि क्रमशः सुधारका सङ्केत देखिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top