२०८१, १४ बैशाख शुक्रबार

वनमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

    बैशाख ६ २०७५ १४:२८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दुई बालबालिकालाई विद्यालयमा भर्ना गरेर आज यहाँ विद्यार्थी भर्ना अभियानको शुरुवात गर्नुभएको छ ।

उहाँले शिव माध्यमिक विद्यालय कालेगाउँमा भेरी नगरपालिका–१ का प्रमोद रावतलाई १ कक्षा र शर्मीला विकलाई ७ कक्षामा भर्ना गरेर अभियानको शुरुवात गर्नुभएको हो । भर्नासँगै मन्त्री बस्नेतले बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री समेत उपलब्ध गराउनुभएको छ ।
सो अवसरमा गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा विद्यार्थीमा मिहेनत तथा इच्छाशक्तिको खाँचो भएको बताउँदै मन्त्री बस्नेतले हरेक दिन विद्यार्थीले एउटा नयाँ कुरा अनिवार्य सिक्नुपर्ने विचार राख्नुभयो ।

उहाँले एक÷दुई जना विद्यार्थी भर्ना गर्नमा मात्र यो अभियान सीमित नभई गुणस्तरीय शिक्षा प्राप्तिका लागि कुनै पनि बालबालिका वन्चित नहुने अवस्थाको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय जाने उमेर समूहका ८० हजार बालबालिकामध्ये चार हजार ५०० विद्यालय बाहिर रहेको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताउनुभयो । जिल्लाभरका विद्यालयमा बुधबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएको उहाँले बताउनुभयो ।

‘जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ’

यसैगरी मन्त्री बस्नेतले राजनीतिक व्यवस्थाको परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन आउनुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा परिवर्तनको अनुभूति भएन भने वर्तमान राजनीतिक व्यवस्थाप्रति पनि अविश्वास बढ्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top