२०८१, १४ बैशाख शुक्रबार

दुर्घटनामा नगर प्रमुख गम्भीर घाइते

    बैशाख ५ २०७५ ०१:२४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रुकुम, ४ वैशाख/रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासहित छ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको भे १ झ २४३ नंंको गाडी मेलैनाउलीमा आज दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा चौरजहारी नगरपालिका–५ का ४५ वर्षीय रामलाल शर्मा, ४३ वर्षीय लोकेन्द्र परियार, वडा नं. ३ का तेजबहादुर बटाला, वडा नंं ४ का कमला बुढाथोकी, वडा नंं २ का पार्वती न्यौपाने र वडा नंं ७ का रामप्रसाद आचार्य छन् ।

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । गम्भीर घाइते भएका प्रमुख शर्माको बायाँ हात र निधारमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उनीहरुको उपचार चौरजहारी मिशन अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते भएका प्रमुख शर्मालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top