sujim advert

प्रेस चौतारी पर्वतमा गिरी, दुई पत्रकार पुरस्कृत

    बैशाख ४, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

फलेवास, पर्वत, ४ वैशाख/प्रेस चौतारी पर्वतको पाँचौँ अधिवेशन सोमबार कुश्मामा सम्पन्न भएको छ ।

अधिवेशनले गणेश गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण अखेली, सचिवमा सुवास लामिछाने, सह–सचिवमा नवराज गिरी र कोषाध्यक्षमा शान्ति सुवेदी रहनुभएको छ ।

त्यसैगरी, सदस्यमा राजन पौडेल, राजेन्द्र भुसाल, डिलबहादुर विक, विकासराज पौडेल, दीपेश विश्वकर्मा, सोनु राना, रमेश पौडेल, लकास सुवेदी र गणेश पौडेल रहनुभएको छ । दुई सदस्य पछि मनोनीत गरिने भएको छ ।

यसअघि आयोजित कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ४ का संयोजक गणेश पाण्डेले मोफसलमा पत्रकारिताको गुणात्मक भन्दा पनि संख्यात्मक रुपमा विकास हुँदै गएको बताउँदै यसतर्फ ध्यान दिने बेला आएको बताउनुभयो ।

यसैबीच, मोफसलमा रहेर लामो समयदेखि सक्रियरुपमा पत्रकारिता गर्दै आएका दुई पत्रकार पुरस्कृत भएका छन् ।

प्रेस चौतारी नेपाल, पर्वत शाखाले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका पर्वत संवाददाता गणेश पौडेल र स्थानीय पञ्चासे एफएफका प्रमुख गणेश पौडेल पिपलटारी पुरस्कृत हुनुभएको हो । उहाँहरुलाई नगद रु ११ हजार १११ नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

पत्रकारितामार्फत समग्र जिल्लाको विकासमा पु-याएको योगदानको कदर गर्दै पौडेलद्वयलाई पुरस्कारसहित सम्मान गरिएको अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिनुभयो ।

उहाँहरुलाई प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे र जिल्ला अध्यक्ष लक्ष्मण सापकोटाले खादा, सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो । प्रेस चौतारी पर्वतले स्थापना गरेको अक्षयकोषवाट हरेक वर्ष एकजना पत्रकारलाई सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गर्दैआएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top