२०८१, १३ बैशाख बिहीबार

होटल तथा पर्यटन व्यवसायी संघको प्रादेशिक भेला नुवाकोटमा

    फाल्गुन ८ २०७४ १२:४८

Logo of Dabali Khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / होटल तथा पर्यटक व्यवसायी संघ प्रदेश नम्बर ३ को भेला नुवाकोटमा हुने भएको छ ।

मुलुकमा संघियता कार्यान्वयन आएसँगै होटल तथा पर्यटन व्यवसायी संघ को पनी प्रादेशिक स्वरुपमा जाने भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी महाँसंघका केन्द्रिय सचिब सन्तोष उप्रेतीले बताए ।

नुवाकोटमा हुने प्रदेश स्तरिय भेलाले नुवाकोटको पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने होटल व्यवसायी राममणि अधिकारीले जानकारी दिए । चीन र भारत बिचको छोटो दुरी अन्तर्गत नुवाकोट ट्रान्जिट हबको रुपमा समेत रहेकाले प्रादेशिक भेलाले पर्यटनमा टेवा पुग्ने बताईएको छ । फागुन १६ र १७ गते हुने प्रादेशिक भेलामा नुवाकोट, रसुवा सहित १३ वटा जिल्लाको सहभागीता रहने छ । रसुवागढीको टिमुरे नाका र चितवनको ठोरी नाका बिचको दुरीको मध्यभागमा रहको नुवाकोटको एतिहाँसिक तथा पर्यटकिय क्षेत्रहरुको पहिचान, प्रबद्धन तथा संरक्षणको लागी होटल तथा पर्यटन व्यवसायी संघको प्रादेशिक भेलाले सहयोग पुग्ने छ ।

भेला आयोजनाको लागी नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नुवाकोटका कार्यबहाक अध्यष मधुसुधन थपलियाको संयोजकत्वमा १५ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ । यसका साथै, भेलाको लागी आर्थिक उप समितिको गठन समेत भएको छ । आर्थिक उपसमितिको संयोजकमा सन्तोष उप्रेती र सदस्यहरुमा रामणि अधिकारी, नारायणमान श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top