sujim bazar advert

होटल तथा पर्यटन व्यवसायी संघको प्रादेशिक भेला नुवाकोटमा

    फाल्गुन ८, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Logo of Dabali Khabar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर / होटल तथा पर्यटक व्यवसायी संघ प्रदेश नम्बर ३ को भेला नुवाकोटमा हुने भएको छ ।

मुलुकमा संघियता कार्यान्वयन आएसँगै होटल तथा पर्यटन व्यवसायी संघ को पनी प्रादेशिक स्वरुपमा जाने भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी महाँसंघका केन्द्रिय सचिब सन्तोष उप्रेतीले बताए ।

नुवाकोटमा हुने प्रदेश स्तरिय भेलाले नुवाकोटको पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने होटल व्यवसायी राममणि अधिकारीले जानकारी दिए । चीन र भारत बिचको छोटो दुरी अन्तर्गत नुवाकोट ट्रान्जिट हबको रुपमा समेत रहेकाले प्रादेशिक भेलाले पर्यटनमा टेवा पुग्ने बताईएको छ । फागुन १६ र १७ गते हुने प्रादेशिक भेलामा नुवाकोट, रसुवा सहित १३ वटा जिल्लाको सहभागीता रहने छ । रसुवागढीको टिमुरे नाका र चितवनको ठोरी नाका बिचको दुरीको मध्यभागमा रहको नुवाकोटको एतिहाँसिक तथा पर्यटकिय क्षेत्रहरुको पहिचान, प्रबद्धन तथा संरक्षणको लागी होटल तथा पर्यटन व्यवसायी संघको प्रादेशिक भेलाले सहयोग पुग्ने छ ।

भेला आयोजनाको लागी नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नुवाकोटका कार्यबहाक अध्यष मधुसुधन थपलियाको संयोजकत्वमा १५ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ । यसका साथै, भेलाको लागी आर्थिक उप समितिको गठन समेत भएको छ । आर्थिक उपसमितिको संयोजकमा सन्तोष उप्रेती र सदस्यहरुमा रामणि अधिकारी, नारायणमान श्रेष्ठ रहेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top