sujim advert

सवारी आवतजावतको समय हेरफेर

    माघ २९, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

pasang lhmu highway construction
bidur tax consultancy services in nuwakot

विदुर / राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी सडक स्तरोन्नतीको लागि फागुन १ गतेदेखि दिउँसो मात्र सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घण्टा थप गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको हो । फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै बिहान ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने सडक योजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताए । बिहानको समयमा काठमाडौँ जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख देवकोटाले बताए ।

सरकारले चीनसँगको नाका रसुवागढी जोड्ने दुइलेनको सडक विस्तार गरिरहेको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये योजनाले ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम गरिरहेको छ । सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

धादिङको गल्छीदेखि नुवाकोट र रसुवाको सीमाना वेत्रावतिसम्मको क्षेत्रमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्ने सहमित भएको छ । गत पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गरेर निर्माणको काम भइरहेको थियो । नौ अर्बको लगानी रहेको सो योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top