sujim bazar advert

यातायात व्यवसायी महासंघको उपमहासचिवमा रिमाल, संस्थागत सेवामा जोड

    माघ २१, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

National Yatayat AGM Pasang Lhmu Yatayat Ravi Rimal Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

सुनील श्रेष्ठ, विदुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपमहासचिवमा पासाङल्हामु यातयात व्यवसायी समितिका महासचिव रवि रिमाल (७६६) मत प्राप्त गरी निर्वाचित भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन । रत्ननगरमा शनिवार सम्पन्न महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनले आगामी तीनबर्षे कार्यकालको लागि कर्मचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । महासंघको नयाँ कार्यसमिति चयनको लागि भएको निर्वाचनमा प्रतिस्पर्धी डोलनाथ खनाललाई २७९ मत अन्तरले पछि पार्दै कर्माचार्य अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेको १ हजार ७८४ मतमध्ये कर्माचार्यले ९८७ र खनालले ७०८ मत प्राप्त गरेका थिए । अध्यक्षतामा निर्वाचित कर्माचार्य महासंघका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार हुन् ।

Image may contain: 5 people, people smiling, people standing and outdoor

अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव, ३ जना उपमहासचिव, ३ जना सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित उपमहासचिव रवि रिमालले जानकारी दिए ।

Image may contain: 1 person, smiling, standing and outdoor

नेपाल सरकारले पुराना सवारीसाधनहरुलाई विस्थापित गराउने क्रमलाई समितले  पनि निरन्तरता दिई जनचाहना अनुसारको सुविधा सम्पन्न थप नयाँ बसहरु संचालन गर्ने र डिलक्स बससेवालाई ग्रामीण भेगमा पनि विस्तार गर्ने रिमालले बताए ।

देशका अन्य प्रमुख शहरहरुसँग सिधा बस सेवा संचालनलाई विस्तार गर्दै रौतहटको गौर, लुम्बिनी र सुदुरपश्चिमको महाकालीसम्म बस सेवा संचालन गरिने र वीरगन्जको रुटमा यात्रुको चापलाई मध्यनजर गरी थप सेवा संचालन गर्ने बताए ।

६/६ महिनाको अन्तरालमा चालक र परिचालकलाई ट्राफिक नियम पालना तथा दुर्घटना न्यूनीकरण गर्नको लागि जनचेतना अभिमुखी प्रशिक्षणको व्यवस्था गर्ने योजना रहेको बताए ।

त्रिदेशीय मार्ग तथा काठमाण्डौ जोडिने तीनवटै सडकको स्तरउन्नोत्तर पश्चात् पासाङल्हामु यातायात सेवा समितिद्वारा संचालित बसकोस्तिथि अनुसार नयाँ एसी मिनिबस सेवा, जिपिएस ट्रयाकिङ र लोकल अफलाईन इन्टरटेमेन्ट (आफुलाइ मन लागेको गीत हेर्न सुन्न सकिने) को सुविधा पनि थपिने जनाए ।

Image may contain: 2 people, indoor

 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top