sujim advert

पटकपटक बन्द भएको बसपार्क पुन:संचालनमा, बसपार्क भने सुनसान

    माघ १९, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर । गत सोमबार विदुर नगरपालिकामा भएको सर्वपक्षिय बैठकबाट बसपार्क पुन:संचालन गर्नै निर्णयसँगै बट्टार बसपार्क आजबाट पुन:संचालनमा आएको छ ।

बसपार्क संचालनमा आएपनि आज पुर्ण रुपमा सुनसान रहेको थियो। केहीमात्र  यात्रुवाहक बसहरु प्रवेश गरेका छन् । उस्तै केही औलामा गन्न सकिने यात्रुहरु मात्र बसपार्कमा टिकट काट्न आएका थिए । बसपार्क संचालनमा आएपनि आफुलाई बसपार्कसम्म टिकट लिन आउन असहज भएको यात्रु निर्मा शेर्पाले बताए ।

अहिले संचारको युग भएकोले फोनको आधारमा टिकट बुकिङ गर्न सकिने भन्दै विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए  । साथै टिकट लिन बसपार्क आउनै नपर्ने भन्दै त्यसलाई गलत रुपमा नबुझिदिन यात्रुहरुमा आग्रह गरे । बट्टार बसपार्क बजारको केन्द्रभागमा रहेको भन्दै अब पुर्णरुपमा संचालनमा आउने दाबी श्रेष्ठले गरे ।

त्यस्तै पासाङल्हामु यातायात, नेपाल माइक्रोबस र केरुङको सबै काउन्टरहरु पनि बसपार्कमा नै संचालन हुनुपर्ने पासाङल्हामु यातायातका कविन्द्र प्रधान बताए ।

२०६८ सालमा निर्माण भएको बट्टार वसपार्क पटकपटक संचालन हुँदै  र बन्द हुँदै आएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top