sujim bazar advert

उन्मुख सूची नुवाकोट, ११ जिल्ला खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा

    माघ १९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

ODF Nepal Map
Big Education Consultancy Nuwakot

खुला दिसामुक्त घोषणा हुन बाँकी ३० जिल्ला मध्ये ११ वटा जिल्ला खुला दिसामुक्त हुने अन्तिम चरणमा पुगेको छ । संखुवासभा, भोजपुर, सोलुखुम्बु, पाल्पा, मुगु र दार्चुलाको सबै घरमा चर्पी निर्माण भइसकेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कैलाली, ललितपुर, रुपन्देही, सिरहा र दोलखामा पनि सत प्रतिशत सरसफाइ कभरेज भइसकेको छ ।

सत प्रतिशत सरसफाइ पहुँच पुगेका जिल्लामा सरसफाइको अनुगमन भइरहेको र प्रमाणीकरण भएपछि खुला दिसामुक्त घोषणाको मिति तय गरिने खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका इञ्जिनियर चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले सप्तरी, सुनसरी, बाँके, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौ र सिन्धुलीलाई भने खुला दिसामुक्त उन्मुख सूचीमा राखेको छ ।

नयाँ संरचना अनुसार ७७ जिल्ला मध्ये ४७ जिल्ला खुला दिसामुक्त भइसकेका छन् । -सम्पन्नसञ्चारबाट

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top