२०८०, १५ मंसिर शुक्रबार
social securities awareness bidur municipality

उन्मुख सूची नुवाकोट, ११ जिल्ला खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा

    माघ १९ २०७४ १२:३०

ODF Nepal Map
pratik book and stationery center in nuwakot

खुला दिसामुक्त घोषणा हुन बाँकी ३० जिल्ला मध्ये ११ वटा जिल्ला खुला दिसामुक्त हुने अन्तिम चरणमा पुगेको छ । संखुवासभा, भोजपुर, सोलुखुम्बु, पाल्पा, मुगु र दार्चुलाको सबै घरमा चर्पी निर्माण भइसकेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कैलाली, ललितपुर, रुपन्देही, सिरहा र दोलखामा पनि सत प्रतिशत सरसफाइ कभरेज भइसकेको छ ।

सत प्रतिशत सरसफाइ पहुँच पुगेका जिल्लामा सरसफाइको अनुगमन भइरहेको र प्रमाणीकरण भएपछि खुला दिसामुक्त घोषणाको मिति तय गरिने खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका इञ्जिनियर चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले सप्तरी, सुनसरी, बाँके, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौ र सिन्धुलीलाई भने खुला दिसामुक्त उन्मुख सूचीमा राखेको छ ।

नयाँ संरचना अनुसार ७७ जिल्ला मध्ये ४७ जिल्ला खुला दिसामुक्त भइसकेका छन् । -सम्पन्नसञ्चारबाट

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top