sujim advert

राष्ट्रिय गौरवको आयोजना, जग्गा अधिग्रहणको काम १५ दिनभित्रै सुरु हुने

    माघ १७, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Trishuli Highway
bidur tax consultancy services in nuwakot

विदुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुवेसी सडकखण्डको मुआव्जाका लागि १५ दिनभित्रै प्रक्रिया सुरु हुने भएको छ ।

आयोजनाले सडकको केन्द्रविन्दुदेखि १५/१५ मिटर दायावायाँ जग्गापर्ने जग्गा धनी र सडकमा पर्ने घरधनीलाई सामाजिक न्यायका आधारमा उचित मुआव्जा उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

बुधवार विदुरमा भएको सरोकारवालाहरुसँगको छलफलमा आयोजनाले जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत लिने काम अन्तिम चरणमा पुगेकोले कुनै एक खण्डको मुआव्जा निर्धारणको लागि १५ दिनभित्रै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

दी एसिया फाउन्डेसनको सहयोगमा संवाद समूह नुवाकोटको आयोजना तथा र प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपाल र नेपाल पत्रकार महासंघ नुवाकोटको समन्वयमा विदुरमा भएकोे अन्तरक्रियामा बोल्दै आयोजनाका इन्जिनियर पारसमणि हमालले आयोजनाको काम केही ढिलाई भएपनि पछि आउन सक्ने विवादसमेत ध्यानमा राखेर काम भइरहेको बताउनुभयो ।

 विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको सडकमा देखिएका ससाना विवादलाई थाँती राखेर सडक निर्माणको गतिलाई तिब्र बनाउनुपर्ने बताउनुुभयो । उहाँले आयोजनाले स्थानीयवासीका जायज मागलाई संवोधन गरेर सडक निर्माणलाई अघि बढाउन सुझाव दिनुभयो ।

आयोजनाले सडकको केन्द्रविन्दुदेखि १५/१५ मिटर दायावायाँ जग्गापर्ने जग्गा धनी र सडकमा पर्ने घरधनीलाई सामाजिक न्यायका आधारमा उचित मुआव्जा उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ । यस्तै आयोजनाले वातावरण प्रदुषण रोक्नको लागि आवश्यक सबै प्रक्रिया अवलम्वन गर्ने, स्थानीयवासीको माग अनुसार आयोजनाको बारेमा सार्वजनिक सुनुवाई गर्ने जनाएको छ । आयोजना निर्माण सुरु भएको लामो समय वितिसक्दा पनि निर्माणको योजनाको काम १८ दशमलव ५ प्रतिशत मात्र प्रगती भएको छ । सडक निर्माणलाई गति दिनको लागि एक पुस १ गतेदेखि दिउँसो सडक बन्द गरेर निर्माण भइरहेको सडकको प्रगति यसवीचमा ८ दशमलव ५ प्रतिशत बढेको आयोजनाको दावी छ ।

आयोजना निर्माण सुरु भएको लामो समय वितिसक्दा पनि रातमाटे, बट्टार क्षेत्रमा सडक निर्माणको काम सुरु हुन सकेको छैन । बेलकोटगढी नगरपालिकाको रातमाटे तथा जिलिङ क्षेत्रका जग्गाधनीहरुले पहिले जग्गाको उचित मूल्याङ्कन हुनुपर्ने र विदुरको बट्टार क्षेत्रमा सडकको मध्य भागको विषयमा विवाद हुँदा यी क्षेत्रमा काम अघि बढ्न सकेको छैन । आयोजनामा देखिएका विवादहरु तत्काल समाधान गरी सडक विस्तारको कामलाई प्रभावकारी रुपमा अघि बढाउनको लागि सरोकारवालाहरुवीच समन्वय गरी अघि बढ्ने सहमतिसमेत भएको छ ।

आयोजनाले सदरमुकाम विदुरको गंगटेदेखि ढुंगेसम्मको सडक चार लेनको विस्तार गर्न लागेको छ । चारलेनको सडक विस्तार गर्दा प्रमुख बजार क्षेत्रका नागरिकहरु विस्थापित हुनुपर्ने भन्दै केही स्थानीयले आफूहरुलाई विस्थापित नगराउन आग्रह गरेका छन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको सडकमा देखिएका ससाना विवादलाई थाँती राखेर सडक निर्माणको गतिलाई तिब्र बनाउनुपर्ने बताउनुुभयो । उहाँले आयोजनाले स्थानीयवासीका जायज मागलाई संवोधन गरेर सडक निर्माणलाई अघि बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले आयोजानको विषयमा विभिन्न चरणमा छलफल भइरहेको बताउँदै स्थानीयको जायज मागलाई पूरा गराउन प्रशासन समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेपनि अनावश्यक झमेला निकाल्नु गलत भएको बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाका क्षेत्रका वडा अध्यक्षहरु, बेलकोटगढी नगरपालिका क्षेत्रका वडा अध्यक्षसहित सरोकारवाला स्थानीयवासीहरुको सहभागीता रहेको थियो । स्थानीय स्तरमा देखिएका विवादमा समान धारणा ल्याउने उद्देश्यले आयोजना गरिएको छलफलमा प्रस्तुत गरिएका अधिकांश सवालहरुमा समान धारणा बनेको प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक सन्तोष खनालले बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विरेन्द्रकुमार शाही, वडा नं. १० का वडा अध्यक्ष गणेशकुमार नेपाल, वडा नं. ५ का शिव चित्रकार बेलकोटगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनी, जिल्ला मालपोत कार्यालय नुवाकोटका प्रमुख बुद्धिलाल श्रेष्ठ, सञ्चारकर्मी श्रीराम नेपाल, प्रभावित क्षेत्रबाट नारायणप्रसाद नेपाल, शिवकुमारी डंगोल, सञ्जिव प्रधान, दीपक कायस्थ, वडा सदस्य वसन्त रिजाल, एमालेका यमकुमार खाती, माओवादी केन्द्रका लिलानाथ न्यौपानेलगायतले आयोजनालाई छिटोछरितो निर्माण गर्नको लागि माग गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top