+
Search

ताजा अपडेट +

पपुलर +

रेडियो सञ्जिवनी तेश्रो वर्षमा प्रवेश

Logo Radio Sanjibani 89 MHz Nuwakot
डबली खबर
८ साल अगाडी

विदुर । मखमली मिडिया प्रालिद्वारा नुवाकोटको मुख्य ब्यवसायिक केन्द्र बट्टार वजारबाट सञ्चालित नुवाकोटको पहिलो ब्यवसायिक रेडियो– रेडियो सञ्जिवनी ८९ मेघाहर्जले आफ्नो प्रशारणको दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रबेश गरेको छ ।

नुवाकोट जिल्लाको बढ्दो ब्यवसायिक सम्भावनालाई आत्मसाथ गर्दै जिल्लाको पहिलो ब्यवसायिक रेडियोको रुपमा प्रशारण आरम्भ गरेको रेडियो सञ्जिवनीले प्रशारणको छोटो अवधिमा नै श्रोताहरुको अपार माया पाउन सफल भएको छ ।

दैनिक १८ घण्टा ज्ञान, सूचना र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको रेडियोले दैनिक तिनवटा स्थानीय समाचार वुलेटिन, विभिन्न मनोरञ्जनात्म कार्यक्रम, सम्वाद कार्यक्रम सञ्चालन गर्दै आएको छ। विहानीको कार्यक्रम शुभारम्भ, लोकगित संगितलाई प्रवर्धन गर्ने कार्यक्रम लोक सुस्केरा, रेडियो मार्फत साथी बन्ने वनाउने कार्यक्रम फ्रेण्डसिप, सामाजिक सञ्जाल फेसवुकको माध्ययमवाट प्रत्यक्ष प्रशारण गरिने कार्यक्रम फेसवुक डटकम, विभिन्न विषय समेटिने कार्यक्रम जिरो आवर, गितसंगित सुन्ने सुनाउने कार्यक्रम रोजाईका गितहरु, श्रष्टा र सिर्जनाको सम्मानमा तयार गरिएको कार्यक्रम रागअनुराग, सञ्जिवनी संवाद लगायत लोकप्रिय कार्यक्रमहरु रेडियोले दैनिक संचालन गर्दै आएको छ ।

रेडियोले नेपाली रेडियो नेटवर्कवाट उत्पादित नेपाली खवर, नेपाली वहस, ईन्द्रेणी लगायत कार्यक्रमका सार्थ विविसी नेपाली सेवा लगायत विभिन्न सूचनामूलक कार्यक्रम प्रशारण गर्दै आएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ