sujim bazar advert

प्रथम नुवाकोट अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला हुँदै

    माघ १३, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

First Nuwakot Intl Workshop 2074 TWS
Big Education Consultancy Nuwakot

विदुर। नुवाकोटमा बसिबियाँलो नुवाकोटको आयोजनामा प्रथम नुवाकोट अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला हुने भएको छ ।

यहि फाल्गुण २१-२४ गते (फेब्रुअरी ४-७, २०१८) सम्म आयोजना हुन लागेको कार्यशालामा स्लोभेनियाका जोजिका जोर्को, काजा लुकाक, बोजका लुकाक, स्लोभेनिया बस्ने नेपाली वीरमान श्रेष्ठ र नेपालका चर्चित चित्रकारहरु एन बि गुरुङ, डि राम पाल्पाली, लालकाजी लामा, केशवराज खनाल, भीम श्रेष्ठ, जनकैलाश श्रेष्ठ र स्थानीय चित्रकारहरु शशि डंगोल, चीज कुमार केसी, शैलेश शाही, राजेश मानन्धर, धर्म तिमिल्सेना लगायतको सहभागिता रहने बसिबियाँलो अभियन्ता हरिकृष्ण श्रेष्ठले बताए ।

चित्रकारहरूलाई माघ २१ गते विदुरमा स्वागत गर्दै कार्यशाला माथि प्रकाश पारिनेछ भने सोही दिन नुवाकोटको पर्यटकीय सम्भावना बोकेका स्थलहरूको भ्रमण गराइनेछ । माघ २२ र २३ गते ‘अन द स्पोट‘ चित्र कोरिनेछ भने कार्यशालाको अन्तिम दिन माघ २४ गतेका दिन चित्रकारहरुले कोरेका सृजनाहरुको विदुरस्थित सुखद पाहुनाघरमा प्रदर्शनी गरिनुको साथै काठमाडौँ र स्लोभेनियामा पनि प्रदर्शनी गरिने अर्का अभियन्ता क्षितिज थापामगरले बताए ।

अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाले नुवाकोटको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने आयोजकको अपेक्षा रहेको छ । 

बसिबियाँलो नुवाकोटले खीर साहित्य, १०१ कविता वाचन र भजनबालन उत्सव आयोजना गरेर नुवाकोटको बौद्विक वृतको चर्चामा रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top