sujim advert

रसुवामा हिमपात

    माघ १०, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

रसुवा । रसुवामा बुधबार बिहानैदेखि हिमपात भएको छ । जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न वडामा हिमपात भएको छ ।

रसुवाको लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ लगायतको स्थानमा वर्षासँगै हिमपात भएको छ । चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

पार्वतीकुण्ड गाउँपालिका–३ का नबिन लामाका अनुसार हिमपातको कारण गत्लाङको जनजीवन प्रभावित भएको छ । उनले भने, ‘गाउँमा चिसोको कारण बालबालिका, महिला र वृद्धवृद्धालाई जोगाउन मुस्किल भएको छ ।

चिसोका कारण नागरिक बाहिर निस्कन सकेका छैनन् । चिसोबाट बच्नका लागि दाउरा तथा हिटरको प्रयोग गरिरहेका छन् । अघिल्लो वर्षहरूमा पुसको पहिलो साताबाट हिउँ पर्न सुरु हुने भएपनि यो वर्ष ढिलोगरी हिमपात भएको हो ।

चिसोका कारण टहरामा बसिहेका भूकम्प पीडित समस्यामा परेका छन् । ३२ महिनाअघि गएको भूकम्पले घर भत्किएर अहिलेसम्म घर निर्माण नथालेका, निर्माण सम्पन्न नभएका र गाउँबाट विस्तापित भएर जिल्लाको विभिन्न स्थानमा बसिरहेकाहरू चिसोको मारमा परेका छन् ।

चिसोले बालबच्चा जोगाउन समस्या भएको हाकुबाट विस्तापित भएर धुन्चेमा बसिरहेका रामबहादुर तामाङले बताए । जिल्लाको तल्लो क्षेत्रमा पानी परेसँगै बालीनाली सप्रने भएपछि कृषक खुशी भएका छन् ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top