sujim advert

विपी नै लडेपनि केही कांग्रेसको भोट अन्तै जान्छ: केसी

    माघ १०, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Jagadishwar Narsingh KC
bidur tax consultancy services in nuwakot

– जगदिश्वरनरसिंह केसी, सभापति / नेपाली कांग्रेस नुवाकोट

नुवाकोटको चुनावी समीक्षा गरिसक्यो नेपाली कांग्रेसले ?

चुनावी समीक्षाको लागि नुवाकोटमा ८८ वटै वडामा पार्टीको प्रतिनिधि खटाएको छ, जिल्ला कार्यसमितिले । त्यो वैठकमा पार्टीका जनबर्गिय संगठनका प्रतिनिधिहरुसहित बसेर स्थानीयसहित प्रदेश र प्रतिनिधिसभासम्ममा कहाँ कहाँ कति कमजोरी र गल्ती भए । पार्टी कार्यकर्ताहरुबाट सहयोग असहयोग के के भयो ? अहिलेसम्म पराजय हुनका कारण के हुन् ? पार्टीको संघीय संरचना अनुसार पार्टी निर्माण गर्नुपर्ने छ । त्यसको लागि विधान संशोधन गर्नका लागि स्थानीय तहबाटै सुझाव संकलन गर्न र अवका दिनमा नेपाली कांग्रेसले लिनुपर्ने निति र बाटोको बारेमा कुरा भइरहेको छ । साथै नेपाली कांग्रेसलाई अहिलेको सन्दर्भमा प्रतिपक्षमा बस भन्ने जनादेश छ जनादेशभन्दा बाहिर जाने काम कांग्रेसले गर्नुहुन्न । अहिले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बसेर सकारात्मक भूमिका निर्वाह गर्नको लागि जनादेश प्राप्त भएको जनादेशभन्दा बाहिर जाने काम कांग्रेसले गर्नुहुन्न । अहिले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बसेर सकारात्मक भूमिका निर्वाह गर्नको लागि जनादेश प्राप्त भएको छ । सरकारले कहाँ के कमजोरी गरेको छ, त्यसको पहिचान गर्ने र सरकारलाई सच्चीनको लागि खवरदारी गर्ने हो । राम्रो कामलाई रचनात्मक रुपमा सहयोग गर्ने भन्ने पनि रहेको छ । त्यसकारण वडास्तरदेखि गाउँपालिकास्तरको भेला गर्नेछौँ, त्यसपछि क्षेत्रीय र जिल्लास्तरको भेला गरेर समीक्षा गर्नेछौँ । त्यसबाट निस्किएको निचोडबाट वडास्तरदेखि जिल्ला र केन्द्रीय सभापतिसम्मले कहाँ कुन स्थानमा कमी कमजोरी गरे, कुन हिसावमा कांग्रेस दोस्रो पार्टी बन्नुपर्ने अवस्था सिर्जना भयो ? यो सन्दर्भ अहिलेको महत्वपूर्ण सन्दर्भ हो । यसलाई हामी वडास्तरबाटै छलफल गरेर महासमितिको वैठकमा हाम्रो नुवाकोटको तर्फबाट प्रस्तुत गर्छौ ।

दुई वटै क्षेत्रमा नेपाली कांग्रेसले पराजय भोग्नुप-यो यसको कारण के होला ?

अहिले मतका कारणले नेपाली कांग्रेस नुवाकोटमा पहिलो पार्टी नै हो । नुवाकोटमा पनि सबै क्षेत्रमा निर्वाचन जितिरहेकै छौँ । अहिले दुई वटा गठबन्धनका कारणले हामीले निर्वाचन हारेका हौँ । दुई वटा ठूला दल मिलेर जितेको भनेको सुन्निएर मोटाएजस्तै हो । एमाले र माओवादीले अहिले चुनाव त जिते तर, उनीहरु सुन्निएर मोटाए । तर, हामी एउटै दल चुनावमा गएका हौँ । तर, हामी ३६ लाख भोट ल्याउने नेपाली कांग्रेसले २३ सीट ल्यायो, ३० लाख भोट ल्याउने एमालेले ८० सीट जित्यो, १३ लाख भोट ल्याउने माओवादीले ३६ सीट ल्यायो । दुई वटा पार्टी मिल्दा मात्रै उनीहरुको सीट धेरै भएको हो । नेपाली कांग्रेस १०० थियो, एमाले ९० थियो र माओवादी ४० थियो । एमालेको ९० मा ४० थपिएको हो । नेपाली कांग्रेस अहिले १०० मै अडिएको हो । केही मान्छेको सहयोग÷असहयोग नेपाली कांग्रेसमा मात्र होइन, अरु सबै पार्टीमा पनि हुन्छ । हामी सरकारमा उभिएका थियौँ । हामीसँगै सरकारमा हुने दललाई हामीले चुनावमा गठबन्धन बनाउन सकेनौँ । किन अरु पार्टीमा गठबन्धन बनाउन पठायोँ, सरकारमा सँगै भएको दललाई नेपाली कांग्रेसमै गठबन्धन बनाउन सक्नुपथ्योँ, त्यो नसकेपनि तीन वटा दललाई छुट्टाछुट्टै चुनावमा उठ्ने वातावरण तयार गर्न सक्नुपथ्र्यो तर, त्यसो हुन सकेन । त्यो हुन नसक्नुमा जिल्लाको क्षेत्रको भन्दा पनि केन्द्रीय नेतृत्वको कारणले हामीले त्यो बाटो गुमायौँ । त्यसकारण समीक्षात्मक रुपले म सभापतिको हैसियतले मेरो समीक्षामा केन्द्रीय सभापतिले यसको जिम्मेवारी लिनुपर्छ भन्ने हो । नेतृत्व कमजोर भयो, त्यसैले हामी पारजित हुन पुग्यौँ ।

यस पटक नेपाली कांग्रेसभित्र घात-अन्र्तघात भएन ?

हेर्नुस,् म घात अन्र्तघातको कहिल्यै पनि उठाउँदिन । विपी कोइरालाको नाम भजाएर नेपाली कांग्रेस खान्छ । पुष्पलालको नाम भजाएर एमालेले खान्छ । त्यो भजाएर खाँदा पनि विपी नै चुनाव लडेपनि नेपाली कांग्रेसभित्र दुई पाँच सय भोट अहिलेपनि नहाल्ने भोट छ । एमालेमा पुष्पलाल नै लडेपनि दुई पाँच सय भोट नहाल्ने एमाले कार्यकर्ता छन् । त्यसकारण दुई पाँच सय भोट कस्ले दियो कस्ले दिएन यसको हिसाव किताव गर्नुहुन्न । सबै पार्टीमा यस्ता कार्यकर्ता हुन्छन् । त्यसैले घात अन्र्तघतको कारणले होइन, दुई पार्टी मिलेर लडेका कारणले नेपाली कांग्रेसले पराजय भोग्नुपरेको हो । त्यसैले निर्वाचनको परिणाम आइसकेपछि हाम्रो पार्टीमात्र होइन, जुनसुकै पार्टीमा पनि घातकारण मैले चुनाव हारेको हो भन्ने चलन रहेको छ । म यो कुरा स्वीकार गर्ने पक्षमा छैन । अव नेपाली कांग्रेसलाई कसरी सक्षम र सुधार गर्न सकिन्छ भनेर समीक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

प्रसंग बदलौँ, तपाई प्रदेश नं. ३ को राजधानी नुवाकोटलाई बनाउनुपर्छ भन्ने अभियानमा पनि लाग्नुभयो, नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री हुँदा पनि तपाईको कुरा पत्याइएन नी ?

मैले पार्टी सभापतिको तर्फबाट नुवाकोटलाई प्रदेशको राजधानी तोक्नुपर्छ भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । नुवाकोट ऐतिहासिक रुपमा महत्वपूर्ण छ, पृथ्वीनारायण शाहले नुवाकोटलाई नेपालकै राजधानी बनाएका थिए । अहिले कमसेकम नुवाकोटलाई प्रदेशको राजधानी अस्थायी रुपमा भएपनि तोकिनुपर्छ भनेर भनेको हुँ । त्यतिबेला मलाई प्रधानमन्त्रीले म कोसिस गर्छ भन्नुभएको थियो । तर, अस्थायी पनि तोकिएन । स्थायी रुपमा राजधानी तोक्ने काम प्रदेश सभाको हो । नामाकरण र राजधानी तोक्ने काम प्रदेशसभाले नै गर्ने संविधानले नै व्यवस्था गरेको छ । अहिले बाम गठबन्धनको दुई तिहाई पुगेको छ । बाम गठबन्धनको नुवाकोटको नेतृत्व यस विषयमा लाग्ने हो भने उहाँहरुको बहुमत छ । उहाँहरुले तागत देखाउने बेला हो । नुवाकोट हरेक हिसावमा प्रदेशको राजधानी बनाउन उपयुक्त रहेको छ । अस्थायी मात्र होइन, उहाँहरुसँग त स्थायी राजधानी बनाउने तागत छ । तर, उहाँहरु यस विषयमा कतिको सक्षम हुनुहुन्छ ? अव हेर्ने बेला भएको छ ।

भुकम्पपीडितको समस्या समाधानको लागि तपाईले तपाईले दिनुभएको सुझाव पनि प्रधानमन्त्रीले टेर्नुभएन, होइन ?

मैले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई भूकम्पपीडितको घर बनाउने समय दुई वर्ष समय बढाउनुपर्ने र थप दुई लाख रुपैयाँ अनुदान दिनुपर्छ भनेर भनेको हुँ । अहिलेका महंगी र निर्माण सामग्रीको अभावका कारणले भूकम्पपीडितले घर बनाउन सकेका छैनन् । त्यसैले मैले दुई वर्ष थप समय र दुई लाख रुपैयाँ थप रकम दिनुपर्छ भनेको हो । दुई महिना समय बढाउने कुरा त भयो तर, थप अनुदान दिने कुरा भएको छैन । प्रदेश नं. ३ को जिल्ला सभापतिहरुको वैठकले यो विषयमा प्रधानमन्त्रीलाई भुकम्पपीडितलाई थप अनुदान र निर्माण गर्ने समय थप गर्नको लागि आग्रह गर्ने कुरा भएको छ । भुकम्पपीडित, बाढीपीडित, पहिरोपीडितको समस्यामा सरकार र राजनीतिक दल संवेदनशीन हुनै पर्छ । मैले त्यही हिसावमा कुरा उठाएको हुँ । त्यसलाई हामी फेरी पनि जोडदार रुपमा उठाउने छौँ । सरकारमा अरु साना दलहरु पनि छन्, उहाँहरुसँग पनि प्रधानमन्त्री छलफल गरिरहनुभएको होला । अहिले पनि अझै धेरै भुकम्पपीडितको नाम छुटेको कुरा आइरहेको छ । भुकम्पपीडितले गुनासो दर्ता गर्न बाँकी रहेको छ भने त्यो समस्या पनि पूरा गर्नुपर्छ । अहिले स्थानी तह पनि गठन भएको छ । त्यसैले दोस्रो र तेस्रो किस्ता एकै पटक दिएर राज्यले भुकम्पपीडितलाई घर बनाउने अवसर प्रदान गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अन्तमा यस अनलाईन मार्फत थप केही भन्नुहुन्छ ?

सबै पार्टीका साथीहरुलाइ निर्वाचनको परणाम जे जसरी आएको छ । निर्वाचन परिमाण आफ्नो पक्षमा आउँदा मात्तिने र आफ्नो पक्षमा नआउँदा आत्तिने किसिमको परिस्थति कार्यकर्तामा आउँछ, म उहाँहरुलाई आग्रह गर्दछु, राजनीतिक भनेको चक्र हो, चक्र घुम्दै जाँदा ठूला ठूला दलहरु एक ठाउँमा भए, हामी एक्लियौँ । तरपनि दुई ठूला पार्टीवीचको मत भन्दा पनि राम्रो मत हामीले प्राप्त गर्न सफल भएका छौँ । हामीले गठबन्धन गरेका दलसँग खासै मत थिएन, मत नभएका दलसँग गठबन्धन गर्दा हामी प्राविधिक कारणले तल प-यौँ । तर, नुवाकोट र सिंगो मुलुकका दृष्टिकोणले कांग्रेस ठूलो दल हो । त्यसकारण भावी दिनमा नेपाली कांग्रेस अझ सवल बन्दै देखिएका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छ । धैर्यधारण गरेर बस्न म पार्टीका सबैलाई आग्रह गर्दछु ।

प्रस्तुतिः भोलाराज पौडेल

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top