२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

‘वाम एकतामा टुटाउन विदेशी सक्रिय’

    माघ १० २०७४ १२:४३

pratik book and stationery center in nuwakot

विदुर । नेकपा एमालेमा पोलिटब्युरो सदस्य महेन्द्र बहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशी विदेशी शक्तिहरु सक्रिय भइरहेको बताएका छन् ।

विहीबार बेलकोटगढी नगरपालिका वडा नं. ९ नलगाउमा करुणाकर प्राविको २२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता पाण्डेले बाम गठबन्धनबाट प्रतिष्पर्धी दलहरुमात्र नभई विदेशी शक्तिहरु पनि आत्तिएकोले पार्टी एकतालाई असफल बनाउन सक्रिय भएको दाबी गरे ।

पूर्व परराष्टमन्त्री समेत रहेका नेता पाण्डेले जसले जस्तो खेल खेले पनि पार्टी एकता भरै छाड्ने बताए । ‘निर्वाचनमा हामी एक भएर मैदानमा गएका थियौं । जनताले हाम्रो एकतालाई विस्वास गरि मत दिइसकेका छन्’ नेता पाण्डेले भने ‘अब नागरिकसँग पार्टी एक हुने वाचा गर्दै मागेको मतको कदर हुन्छ । पार्टी एकता चाडै हुन्छ ।’

नेता पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाको सत्तालिप्साकै कारण निर्वाचनको परिणाम घोषणा भएको दुई महिना वितिसक्ता पनि सत्ता छाड्न आनाकानी गरिरहेको बताए । उनले जसरी हुन्छ सत्ताको आयु लम्ब्याउने ध्यानमा देउवा रहेको बताए ।

नेता पाण्डेले अहिलेको आवश्यकता आधुनिक र जीवनउपयोगी शिक्षा भएको बताए । उनले अहिले युवाहरुको विदेशीने तातीलाई रोक्नको लागि आधुनिक र प्राविधक शिक्षाको खाँचो रहेको बताए ।

कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गरि उमेरहदको कारण अवकाश लिनु भएको प्रधानाध्यापक राजदेव राय सहित विद्यालयमा विभिन्न योगदान पु¥याउने १४ जनालाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरकुमार गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर कविता ढु्ंगाना, विदुर नगरपालिका पूर्व मेयर ठाकुरप्रसाद गजुरेल, शिक्षक वासुदेव पनेरु, नेपाल शिक्षक संगठन क्रान्तिकारीका अध्यक्ष दीपक ढुंगाना, सञ्चारकर्मी रामहरि गजुरेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top