sujim bazar advert

ज्योति विकास बैंकको बोनश शेयर पारित, बोनस शेयरपछि चुक्ता पूँजी २ अर्ब ५९ करोड पुग्ने

    माघ २, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

ज्योति विकास बैंक लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । साधारणसभामा  अध्यक्ष खड्काले संचालक समितिको तर्फबाट सभासमक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीकोे १० प्रतिशतका दरले हुुने २२ करोड आठ लाख ६३ हजार चार सय २० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकोा छ । त्यस्तै, तत्कालिन राप्तीभेरी बिकास बैंक लि.का सेयरधनीहरुलाई गत आ.व. २०७३÷७४ को नाफाबाट तत्कालिन राप्तीभेरी विकास बैंकको संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीकोे छ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । उक्त बोनस पश्चात् बैंकको चुक्तापूँजी दुई अर्व ५९ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार विकास बैंकको प्रवन्धपत्र नियमावलीमा संशोधन गरिने, बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्वि गर्न विकास बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गरिने लगायतका प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

संचालनमा आएको १०औँ वर्षमा बैंकले आफ्नो छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथमा एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । साविक राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात एवं ११ वटा नयाँ शाखा संचालनमा ल्याएपछि ज्योति विकास बैंकको शाखा संजाल ४९ वटा र एटिएम १४ वटा पुगेको छ ।  राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढ्ने बताइएको छ ।

चालु आ.व.मा बैंकले करिब एक लाख २२ हजार खाताबाट १३ अर्ब चार करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । -बैंकिङ खबरबाट

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top