sujim advert

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

    पुस २५, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

crime nepal dabali khabar
bidur tax consultancy services in nuwakot

नुवाकोट, पुस २५ । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ ।

विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पुर्‍याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो । (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top