sujim advert

कोरियाको कमाईले नुवाकोटमा न्यानो

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर/ विदेशमा परिश्रम गरेर कमाएको आम्दानीको थोरै अंश आफ्नो मातृभूमिको सेवामा खर्च गर्दा यसबाट ठूलो राहत महशुस गर्न सकिन्छ । कोरियामा रहेका नेपालीहरुको सानो प्रयासस्वरुप नुवाकोटका भुकम्पपीडितहरुलाई न्यानो वितरणको अभियान सुरु भएको छ ।

कोरियामा रहेर विभिन्न पेशामा संलग्न रहेका नेपालीहरुले विदुर नगरपालिका वडा नं. २ का भुकम्पपीडितलाई न्यानो कपडा वितरण गरेका छन् । विदुर नगरपालिका वडा नं. २ का ८२ परिवारलाई न्यानो कार्यक्रम अन्तर्गत एक सय ४० थान ब्ल्याङ्केट वितरण गरिएको छ ।

स्थानीय समाजसेवी शैलेन्द्रकुमार शाह तथा राजकुमार शाह र सर्वजित शाहको पहलमा कोरियामा बसेका नेपालीहरुबाट संकलन गरिएको रकमले असाहाय तथा विपन्न परिवारलाई व्ल्याङकेट वितरण गरिएको हो ।

भुकम्पपीडितहरुका लागि एकल तथा एकल पुरुषलाई एक/एक थान र परिवारको लागि दुई वटाको दरले ब्ल्याङ्केट वितरण गरिएको हो । पौसको कठ्याङ्ग्रिदो जाँड़ोमा न्यानो कपडा पाएपछि भुकम्पपीडितहरुले खुशी व्यक्त गरेका छन् । विदेशमा कमाएको आम्दानीको सानो अंशबाट गरिने सामाजिक कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउन सकिएमा फाइदा पुग्ने समाजसेवी शैलेन्द्रकुमार शाहले बताउनुभयो । यस अभियानलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top