sujim bazar advert

नुवाकोटका जिवित देवी दिनिशा डंगोलको कथा

    पुस २, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

नेपालको ऐतिहासिक तथा धार्मिक रुपले सुपरिचित स्थलहरु मध्ये एक हो नुवाकोट । नेपालको इतिहासका पानाहरु पल्टाउँदा नुवाकोट एक पटक पुग्नैपर्ने स्थल हो । नुवाकोट डाँडा प्राचिनकालीन ऋषिमूनिको बसोबासस्थल थियो । त्यसैले यस ठाउँलाई ‘ऋषिपतन’ पनि भनिन्थ्यो । नुवाकोट पौराणिक हुनुका साथै ऐतिहासिकस्थल रहँदै आयो । मध्यकालको पूर्वाद्धमा सामरिक दृष्टिले सुरक्षित प्रदेश बस्ती बसाउने लहर चलेको बेलामा नुवाकोटलाई मूलकोटको रुपमा लिई वरपरका कोटहरुलाई सम्मिलित गरी सञ्चालन गरियो । मूलकोट भएको हुनाले यो ठाउँले नवकोट, नुहाकोट, नवक्वाठ, नौकोट हुँदै नुवाकोट नामले प्रसिद्धी कमायो । वरिपरिका कोटहरुमध्ये बेलकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालिकाकोट, धैबुङ्गकोट, सल्यानकोट र प्यासकोट हन् ।

काठमाडौँ उपत्यका र नुवाकोटको चाडपर्ब, रितिरिवाज, धर्मसँस्कृति समान रहेको पाइन्छ । नुवाकोटका अधिकांश नेवारहरु उपत्यकाबाटै ब्यापारिक उद्देश्यले बसाईँसरी आएकाले विभिन्न परम्परागत संस्कृतिहरु काठमाडौंकोभन्दा खासै भिन्न छैन । स्थानमा पनि धेरै फरक देखिँदैन काठमाडौँमा रहे जस्तै असन, इन्द्रचोक, भुटोल बजार यहाँ रहेका छन् । काठमाडौँकै परम्परागत शैलीमा जात्रा चलाउनेमा नुवाकोट, त्रिशुली, बट्टार, देवीघाटलगायत क्षेत्रका नेवार समुदाय हुन् ।

नुवाकोट कला र संस्कृतिको धनी जिल्ला भनेर चिनिन्छ । तीमध्ये एक हो कुमारी । हामी कुमारी भन्ने बित्तिकै नेपालको राजधानी काठमाडौँको बसन्तपुरमा रहेको जीवित कुमारीलाई बुझ्ने गर्छौँ । जहाँको जीवित कुमारी राजकीय मानिन्छ । कुमारीबाट प्रसाद ग्रहण गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च ओहोदाका ब्यक्तिहरु पुग्छन् । नेपालको बिभिन्न स्थानमा जिवित कुमारी रहेका छन् । कति लोपोन्मुख भए भने कतिपय स्थानमा अहिले पनि अस्तित्वमै छन् ।

कुमारी नुवाकोट मण्डला (दरवार क्षेत्र) का जात्राहरुमा नभइ हुँदैन । विभिन्न जात्राहरुमा कुमारीकै विशेष भूमिका रहन्छ । नुवाकोट जिल्लाभरमा एकमात्र कुमारी नुवाकोट (दरवार क्षेत्र) मण्डलामा रहेको छ । जहाँ २०७० साल देखि ४ बर्षीय दिनिशा डंगोल जीवित कुमारी छिन् । नुवाकोटमा कुमारी राख्दा १२ भाइ खलकीबाट राख्ने प्रचलन रहेको छ । आफ्नै मौलिक कला र संस्कृतिले नुवाकोटको पहिचानलाई झल्काउने गर्छ । हाल कुमारीले यस जिल्लाको लोक संस्कृतिको गरिमा र इतिहासलाई उच्च राखेको छ।

कला र संस्कृति सँधै कार्य क्षेत्रसँग जोडिएकोले यसको महत्व सबै क्षेत्रमा रहेको छ । कुमारी राख्ने चलन कहिलेबाट सुरु भयो भन्ने सन्दर्भमा कुनै लिखित प्रमाणहरु त छैनन् । तर नेपालको इतिहासमा लिच्छवी राजा मानदेबले आफ्नो सम्पत्ति दान गरेर गुठीको सुरुवात गरेको भन्ने पाइन्छ । जानकारहरुका भनाईँअनुसार बजारमा जबदेखि मानव बस्ति बस्न थाल्यो त्यही समयदेखि नै यो पूजा गर्दै आइएको हो । नेवार समुदायमा बढी प्रचलनमा रहेको वर्षौदेखि चल्दै आएको मौलिक, संस्कृति, जातीय पहिचान हो । नुवाकोटको प्रसिद्ध देवी भैरबीका पुजारी हरिमानसिंह डंगोलका अनुसार कुमारी जीवित देवी रहेको र तुलजा भवानीको स्वरुप मानिने गरिँदै आइएको छ । यो पूजाले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ । नुवाकोटमा कुमारी राख्ने प्रचलन पहिलैदेखि रहेता पनि बिभिन्न आधुनिकताले लोपोन्मुख बन्दै गएको देखिन्छ ।

नेपालमा राजकीय कुमारीबाहेक बिभिन्न ११ स्थानमा कुमारी छन् । ती हुन्, बसन्तपुरको राजकीय जीवित कुमारी, काठमाडाैँ मखनटोलको जीबित कुमारी, काठमाडौँ किलाथलको जीवित कुमारी, टोखाको जीवित कुमारी, भक्तपुरको जीवित कुमारी, पनौतीको जीवित कुमारी, ललितपुरको आजीवन कुमारी, बुङ्गमतीको जीवित कुमारी, साँखुको जीवित कुमारी, पनौतीको जीवित कुमारी र नुवाकोटको जीवित कुमारी ।

जीवित कुमारी ११ स्थानमा रहेको कुरा प्रचारप्रसारको कमीले कमैलाई मात्र जानकारी भएको नुवाकोटका स्थानीय नुवाकोट कुमारीका काका उमेशमान डंगोल बताउँछन् । जिल्ला ऐतिहासिक, धार्मिक, प्रर्यटकीय र सांस्कृतिक महत्वको हिसाबले परिचित स्थल हो । बिभिन्न रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्न सके त्यसको रक्षा गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने थियो । यस्ता जात्राहरुको संरक्षणमा स्थानीय समुदाय तथा सरोकारवालाको पनि ध्यान जानु जरुरी देखिन्छ । -फेसबुक

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top