sujim bazar advert

सामानुपातिकमा सुन्य मत ल्याउने दल, निर्वाचन परिणाम आँकडा सहित

    पुस २, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/नुवाकोटमा मंसिर १० गते आइतवार भएको पहिलो चरणको निर्वाचनमा समानुपातिकतर्फ शुन्य मत पाउनेदेखि ५० मत नकटाउने दलसमेत रहेका छन् ।

समानुपातिक प्रणालीतर्फ प्रदेश सभामा लिवरल डेमोक्रेटिक पार्टीले शुन्य मत प्राप्त गरेको छ भने २१ दलले ५० मतसमेत कटाउन सकेका छैनन् । एक मतमात्र पाउने दलहरुमा आमुल परिवर्तन मसिह पार्टी, नेपाल जनता पार्टी, संघीय खम्वुवान पार्टी, नेपाल राष्ट्रिय पार्टीले एक मत मात्र पाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताए ।

नुवाकोटमा प्रदेश सभातर्फ ३१ र प्रतिनिधि सभातर्फ ४९ दल समानुपातिकतर्फ चुनावी मैदानमा रहेका थिए । यसैगरी, समानुपातिकतर्फ प्रतिनिधि सभामा ५० मत नकटाउने दलको संख्या ३२ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

समानुपातिकतर्फ प्रतिनिधि सभामा नुवाकोटवाट तीन मत मात्र पाउने दलहरुमा संघीय लिम्वुवान, नेपाल दलित पार्टी, नेपाल युथ किसान पार्टी रहेका छन् ।

नुवाकोटमा प्रत्यक्ष भन्दा समानुपातिकतर्फको मत अत्याधिक वदर भएको छ । लोकतान्त्रिक गठबन्धनको तुलनामा बाम गठबन्धनको मत धेरै बदर भएको मतगणनामा बसेका राजनीतिक दलहरुले बताएका छन् । जिल्लामा झण्डै १२ हजार मत बदर भएको १० हजार मत बाम गठबन्धनको भएको दावी बाम गठबन्धनले गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१
समानुपातिक निर्वाचन परिणाम



प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२
समानुपातिक निर्वाचन परिणाम



पूर्ण तालिका

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top