sujim bazar advert

न्यू योर्क घटनामा एक बाँग्लादेशी पक्राउ

    मंसिर २६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

न्यू योर्क शहरमा सोमबार बिहान भएको एक विष्फोटको सिलसिलामा प्रहरीले एक २७ वर्षीय बाँग्लादेशी युवालाई पक्राउ गरी सोधपुछ गरिरहेका छन्।

उनको नामा अकायाद उल्लाह भएको र उनी कैयौं वर्ष अघि अमेरिका आएको समाचारहरुमा जनाइएको छ।

उनले ट्याक्सी चालकको रुपमा काम गरेका थिए।

उनको शरीरमा बाँधिएको पाइप बम विष्फोट हुँदा उनी घाइते भएका थिए।

अरु तीनजनालाई पनि चोटपटक लागेको छ।

हमला

न्यू योर्क शहरका मेयर बिल दे ब्लासियोले त्यो एउटा आतंककारी हमलाको प्रयास भएको बताए।

न्यू योर्क राज्यका गभर्नर एन्ड्रयु कुओमोले अकायाद इस्लामिक स्टेटजस्ता समूहहरुबाट प्रभावित भएको हुनसक्ने बताए।

यसअघि न्यू योर्क शहरको प्रहरीले त्यहांको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको बताएको थियो।

भूमिगत मार्ग

टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनि रहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार सोमबार बिहान सो घटना भएको थियो।

एनबीसी सम्बद्ध समाचारदातालाई सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार ती संदिग्ध व्यक्तिले विस्फोटक पदार्थ बोकेर पोर्ट अथोरिटी तर्फ गैरहंदा समय अगावै त्यो पड्किएको हुनसक्छ।

त्यसपछि सो व्यक्तिलाई गिरफ्तार गरिएको थियो।

ह्वाईट हाउसकी प्रेस सेक्रेटरी सेरा हकबी स्यान्डर्सले उक्त घटनाका बारे राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराइएको बताएकी छन्।

पोर्ट अथोरिटी बस टर्मिनल अमेरिकाको सबैभन्दा ठूलो बस टर्मिनल हो, जहांबाट वर्षेनी ६ करोड पचास लाख मानिसहरु आवतजावत गर्दछन्।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top