२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

बाम गठबन्धनको विजय जुलुसमा सहभागी एकको मृत्यु

    मंसिर २६ २०७४ ०६:१३

Accident
pratik book and stationery center in nuwakot

शिवपुरी / नुवाकोटमा बाम गठबन्धनले आयोजना गरेको विजय जुलुस सकेर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ पाटीभन्जायाङ बस्ने १९ वर्षीय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाम गठबन्धन निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्न गाउँगाउँ पुग्ने कार्यक्रम अन्तर्गत सदरमुकाम विदुरबाट निकालिएको विजय -यालीमा सहभागी भएर फर्कदैं गरेको समयमा शिवपुरी गाँउपालीका ३ काउले मा विहान १ बजे  श्रेष्ठ चढेको बा. २८ प २१९४ नम्बरको मोटरसाइकल सडकबाट अनियन्त्रित भएर २ सय मिटर तल खसेर श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकर जंग बिस्टले जानकारी दिनु भयो ।

शव परिक्षणको  लागि जिल्ला अस्पताल त्रिशुलीमा ल्याएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top