sujim bazar advert

एनएमबी बैंकलाई ‘बैंक अफ दी इयर २०१७ अवार्ड’

    मंसिर २१, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

nmb nepal
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं / ‘बैंक अफ दी इयर २०१७ अवार्ड’ एनएमबी बैंकले प्राप्त गरेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायकमण्डलले एनएमबीलाई सन् २०१७ को सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो ।

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बिहीबार राति लन्डनमा आयोजित समारोहमा अवार्ड प्राप्त गरेका हुन् । पत्रिकाले यो वर्ष १ सय ४१ देशका उत्कृष्ट बैंकलाई अवार्ड दिएको जनाएको छ । ‘बैंकले वासलात र वित्तीय अवस्था ‘समग्र रणनीति, बहुच्यानल बैंकिङ र वित्तीय समावेशितामा समेत उत्कृष्टता अपरिहार्य ठहर गर्दै एनएमबी बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

एनएमबी बैंकले दुई वर्षअघि ४ संस्थालाई आफूमा गाभेर चुक्ता पुँजीमा एक सबल बैंकको रूपमा स्थापना भएको थियो । यस्तै गत वर्ष बैंकले नेदरल्याण्डको एफएमओ इन्टरप्रेनियरल डेभलपमेन्ट बैंकसँग सहकार्यको सम्झौता गरेको थियो । बैंकले गत मार्चमा नेपालमा ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुज कन्फ्रेन्ससमेत आयोजना गरेको थियो । द बैंकर सम्मानले बैंकिङ मूल्य र मान्यता कायम राख्दै दिगो विकासप्रति समर्पित हुने अभियानमा थप हौसला मिलेको बैंकले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top