२०८१, १४ बैशाख शुक्रबार

एनएमबी बैंकलाई ‘बैंक अफ दी इयर २०१७ अवार्ड’

    मंसिर २१ २०७४ १३:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं / ‘बैंक अफ दी इयर २०१७ अवार्ड’ एनएमबी बैंकले प्राप्त गरेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायकमण्डलले एनएमबीलाई सन् २०१७ को सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो ।

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बिहीबार राति लन्डनमा आयोजित समारोहमा अवार्ड प्राप्त गरेका हुन् । पत्रिकाले यो वर्ष १ सय ४१ देशका उत्कृष्ट बैंकलाई अवार्ड दिएको जनाएको छ । ‘बैंकले वासलात र वित्तीय अवस्था ‘समग्र रणनीति, बहुच्यानल बैंकिङ र वित्तीय समावेशितामा समेत उत्कृष्टता अपरिहार्य ठहर गर्दै एनएमबी बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

एनएमबी बैंकले दुई वर्षअघि ४ संस्थालाई आफूमा गाभेर चुक्ता पुँजीमा एक सबल बैंकको रूपमा स्थापना भएको थियो । यस्तै गत वर्ष बैंकले नेदरल्याण्डको एफएमओ इन्टरप्रेनियरल डेभलपमेन्ट बैंकसँग सहकार्यको सम्झौता गरेको थियो । बैंकले गत मार्चमा नेपालमा ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुज कन्फ्रेन्ससमेत आयोजना गरेको थियो । द बैंकर सम्मानले बैंकिङ मूल्य र मान्यता कायम राख्दै दिगो विकासप्रति समर्पित हुने अभियानमा थप हौसला मिलेको बैंकले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top