२०८१, १३ बैशाख बिहीबार

दुप्चेश्वर मेलामा दर्शनार्थी र अवलोकनकर्ता भिड

    मंसिर २१ २०७४ १३:३८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

समुन्द्रटार/नुवाकोटको मात्र नभएर मुलुकका लागि नै ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलामा एकादशीको दिन बुधबारदेखि सुरु भएको दर्शनार्थी र अवलोकनकर्ताको भिड आइतबारसम्मै जारी रहेको थियो ।

धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमाको दिन उत्साहको रूपमा लाग्ने मेलामा भक्तजनले एकादशीको दिन बुधबारदेखि नै पूजाआराधना गर्ने तथा भगवान् शिवमहादेवप्रतिको आस्थाभाव प्रकट गर्दै आएका छन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतबेसीस्थित तादी नदी परिसरमा रहेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा एकादशीदेखि नै सुरु भएको पूजाआराधना गर्नेहरूको चहलपहल आइतबारसम्म जारी रहेको थियो ।

भगवान् महादेवको पूजाआराधना गर्न तथा भगवान्को समर्पणमा राखेको भाकल पूरा गर्न नुवाकोटसहित मुलुकको विभिन्न स्थानबाट भक्तजनहरू दुप्चेश्वर महादेवको मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य भएको दुप्चेश्वर गाउँपालिकाको रमेश थापाले बताएका छन् ।

गाउँपालिकाले स्थानीय क्षेत्रमा रहेको सङ्घसंस्था, समूहलगायतसँग जात्रा व्यवस्थापनका लागि विभिन्न आचारसंहिता जारी, स्थानीय क्षेत्रमा व्यापारका लागि स्थापना भएको भौतिक पूर्वाधारको व्यवस्थापन, सरसफाइ, जाँडरक्सी तथा मदिरा एवम् धूम्रपानको प्रयोगलाई व्यवस्थित बनाइएको दुप्चेश्वर माध्यमिक विद्यालयका प्रध्यानध्यापक रामप्रसाद अधिकारीले जानकारी दिए ।

महादेवको मन्दिरमा यस वर्ष धान्य पूर्णिमाको दिन १७ गते र त्यसको अघिल्लो दिन उत्साहका साथमा लाग्ने मेलाको सञ्चालन अवधिभर मदिरा सेवन तथा बिक्रीमा रोक, मन्दिरमा अण्डा, मदिरा चढाउन निषेध गरिएको छ भने मन्दिर आसपासको स्थानमा सरसफाइमा ख्याल गर्न भक्तजनहरूलाई आग्रह गरिएको छ ।

महादेवको स्थानसहित आसपास र सडक छोडेर पैदल हिँड्नुपर्ने बाटोमा समेत दुप्चेश्वर माविका विद्यार्थीबाट सरसफाइ, जात्रालुलाई सहज बनाउन पानी कुलोमा फड्के बनाउन सहयोग पु¥याएका छन् । मेला अवधिभर भक्तजन तथा जात्रालुलाई पर्न सक्ने समस्या तथा कठिनाइका लागि समेत विद्यार्थीले सहयोग गरेको प्रध्यानाध्यापक अधिकारीले बताए ।

सन्तान प्राप्ति र त्यसमा पनि पुत्र नै लाभ दिने भगवान्को रूपमा रहनुभएका दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने सबैभन्दा ठूलो पर्वको रूपमा लाग्ने धान्य पूर्णिमाको मेलाको रौनक विभिन्न स्थानबाट भक्तजनको आगमनले अहिलेदेखि नै रौनकता छाउन सुरु गरेको छ ।

मानिसहरूलाई सन्तानमा पुत्र नै दिने, बालबालिकको बोली नफुट्नेमा बोली फुट्ने, गाई–भैंसीलगायतका चौपायाहरू नब्याएमा भगवान्को स्थानमा दाम्लो चढाएमा गर्भाधान हुनेलगायतका जे माग्यो त्यो सबै पूरा हुने जनविश्वासमा भक्तजनहरू आउने गरेको दुप्चेश्वर महादेव मन्दिरका पण्डित भगवानहरि धितालले बताए ।

राउतबेसीका स्थानीयवासी तामाङले पाल्नुभएको गाई तादी नदी किनारछेउस्थित भिरमा पुगेर बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रूपमा पछिल्लो दुई सय वर्षभन्दा बढी समयदेखि पुज्दै आएका छन् ।

सर्वसाधारणले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रूपमा विश्वास गर्दै नुवाकोट, रसुवा, धादिङ, काठमाडांै हुँदै नेपाल तथा भारतलगायतबाट समेत भक्तजनहरू दुप्चेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्न आउने गरेको मन्दिरका पुजारी धितालले बताए ।

समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छटाएका श्रीमहादेव शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको किंबदन्तीसमेत रहेको छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा भक्तजनले पुज्नेसमेत गरेका छन् । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने भए पनि एकादशीदेखि नै मुलुकको विभिन्न स्थानबाट भक्तजन दर्शन गर्न आएका थिए ।

मन्दिरको परिसरमा पसल राख्नेहरू, सेवा पु¥याउने सामाजिक संस्थाहरू, सुरक्षा व्यवस्थाको बन्दोबस्तीले पनि धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनकता अघिल्लो वर्षहरूको भन्दा यस वर्ष बढेको सञ्चारकर्मी रामहरि न्यौपानेले बताए ।

पहिलो पटक दुप्चेश्वर महेदवको मायाको चिनो स्वरूप फोटो खिच्ने स्टल समेत रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top