२०८१, १३ बैशाख बिहीबार

यस पटक कांग्रेसका हस्तीहरु बडारिँदैछन्: राधिका तामाङ 

    मंसिर ४ २०७४ १६:४७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

उम्मेदवार / प्रदेशसभा सदस्य, नुवाकोट क्षेत्र नं. १ (क)

चुनावी अभियान कसरी अघि बढिरहेको छ ?

हामी निर्वाचनको अन्तिम तयारीमा जुटेका छौँ । गठबन्धनका सबै गाउँपालिकाको वैठकसहित घरदैलो, भेटघाट र चुनावी कार्यक्रमहरु अन्तिमतिर रहेका छन् । हामी जनतामाझ जाँदा कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरुमा एक किसिमको उत्साह पाएका छौँ । बामशक्ति एक हुँदा अव देशले नयाँ मुहार फेर्ने भयो, देश उन्नतीपथमा लाग्ने भयो भनेर उहाँहरु खुशी हुनुभएको छ ।

अहिले संयुक्त रुपमा माओवादी र एमाले गठबन्धन बनाएर दुवै पार्टीको संयुक्त एजेण्डा बनाएर चुनावमा जानुभएको छ । मतदताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

यस पटक हामी अलि फरक परिस्थितिमा उम्मेदवार बनेका छौँ । यस पटक निकै उत्साह देखेको छु । यो एकता र गठबन्धन स्थानीय तहको निर्वाचनमै हुनुपर्ने थियो । यो गठबन्धनले कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुमा उत्साह छ । यता, लोकतान्त्रिक गठबन्धनलाई पनि साथ दिनेहरुमा पनि अव कम्युनिष्टहरु मिलेपछि देशमा परिवर्तन हुनेछ, विकास र पूर्वाधार निर्माणले गति लिनेछ, शोषण, उत्पीडनमा परेका नागरिकहरुले न्याय पाउनेछन् भनेर निकै खुशी भएको मैले पाएको छु ।

नुवाकोटमा बाम गठबन्धनका उम्मेदवारहरुको अवस्था कस्तो छ ?

नुवाकोटमा बाम गठबन्धनको अवस्था स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामलाई पनि हेर्न सकिन्छ । हामी दुई पार्टी (एमाले र माओवादी) मिल्दा नेपाली कांग्रेस भन्दा धेरै मतले माथि छौँ । त्यो हिसावले पनि हाम्रो पहुँच कस्तो छ भनेर आंकलन गर्न सकिन्छ । कार्यकर्ता र शुभचिन्तकको हिसावले पनि हामी माथि छौँ । हाम्रो सबै संरचना र नागरिकहरुको उत्साहलाई हेर्दा हामी निर्वाचन जित्छौँ । तर, यसो भन्दैमा हामीले सानो शिकार खेल्न जाँदा ठूलो शिकारको तयारी गर्नुपर्छ भनेझैंँ हामी संयम भएर निर्वाचनमा जुटेका छौँ । यहाँ नेपाली कांग्रेस र महतको दवदवा भएको ठाउँ । यहाँ सोझा जनतालाई भ्रम छर्ने काम भइरहेको छ । हामी यो भ्रम चिर्नको लागि निर्वाचनको दिनसम्म लागिरहने छौँ ।

तपाइ निर्वाचन लड्नु भएको प्रदेश क्षेत्र तपाईका लागि कस्तो छ ?

काठमाडौंबाट तादीसम्म जोडिएको यो प्रदेश अशिक्षा, गरिवी र विकासका पूर्वाधार समेत प्राथमिकतामा पर्न नसकेको क्षेत्रभित्र पर्छ । मतदाता शिक्षाको अभाव अशिक्षा, गरिवी र विकासका पूर्वाधार समेत प्राथमिकतामा पर्न नसकेको क्षेत्रभित्र पर्छ । मतदाता शिक्षाको अभाव छ । विशेष गरी काठमाडौं तपाईको प्रतिष्पर्धा कांग्रेस नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिङसँग हुँदैछ , प्रतिष्पर्धा कस्तो देख्नुभएको छ ?

म महेन्द्र थिङसँग होइन, डा. महतसँग निर्वाचन लड्दै गरेको छु भन्दा फरक नपर्ला । किन भने लामो समय अर्थमन्त्री भइसकेका, साम,दाम, दण्ड भेद सबै प्रयोग गर्न सक्ने, निर्वाचनको बेला प्रलोभनमा पारेर परिमाम आफ्नो पक्षमा ल्याउन सक्ने भएको हुँदा प्रतिष्पर्धा मेरो डा. महतसँगै हो भनेको हो । मैले अहिले यसलाई चुनौती होइन, अवसरको रुपमा लिएको छु ।

तपाईलाई मतदाताले मत किन दिने ?

नुवाकोटमा मात्र होइन, देशभर बामपन्थी गठबन्धन भएको छ । यसले नेपालको समृद्धिको रेखा कोर्नेछ । भ्रम धेरै छर्ने काम भएको छ । कम्युनिष्टको सरकार बन्यो भने रुन पाउँदैन,पहिले पनि यति वर्षमा मार्छ उति वर्ष मार्छ भनेर भ्रम फैलाउने काम भइरहेको छ । अहिले पनि प्रधानमन्त्री नै भ्रमको खेतीमा लागेका छन् । कम्युनिष्टहरुको सत्ता आएपछि अहिलेजस्तो नेपालका नागरिकहरुले रुनु पर्दैन, गरिवीको रेखामुनी बस्नुपर्दैन । धुले सडक व्यवस्थित हुनेछन् । गाउँमै रोजगारका बाटो बन्नेछ । शिक्षा, स्वास्थ्य पहिलेको भन्दा सहज र गुणस्तरीय हुनेछ । कम्युनिष्टहरुले सरकार चलाउँदा न्याय, स्वतन्त्रता, समानता र देशलाई समृद्धिको बाटोमा हिँडाउने काम हुन्छ । म यही कम्युनिष्टको एउटा कार्यकर्ता । तपाईको चेली, नुवाकोटको सुखदुःखमा जहिले पनि काम लाग्ने मान्छे । सबै खालको समस्या समाधान गर्न सक्ने खुवी कम्युनिष्टहरुसँग छ । कृषिको लागि मेरो क्षेत्र अत्यन्तै महत्वपूर्ण ठाउँ छ । जलस्रोतको हिसावले पनि यो क्षेत्र निकै सम्भावना बोकेको छ । प्रकृतिले दिएका बरदानलाई उपयोग गरेर यहाँ धेरै गर्न सकिन्छ । त्यसैले यहाँको सम्भावनालाई जीवन्त बनाई योजनाबद्ध रुपमा काम गर्ने अवसर पाएमा यही डलर कमाउन सकिन्छ । अहिले युवाको नेतृत्व आवश्यकता महसूस गरिएको छ । अर्को भिजनसहित नेतृत्व अहिलेको आवश्यकता हो । त्यो मसँग भिजन छ । हाम्रो भिजन यही माटोमा सुन, मोती र डलर फलाउने रहेको छ । कृषि, पर्यटन, विकास र पूर्वाधारको विकासको विकासको लागि न्यायप्रेमी जनसमुदायले मलाई मतदान गर्नुहुनेछ ।

तपाईको प्रदेश क्षेत्रमा तपाई निर्वाचित हुनुभयो भने के के गर्ने योजना छ ?

मैले सोचेको छु । म कृषि राज्यमन्त्री हुँदा पनि यो क्षेत्रको मात्र होइन, समग्र नुवाकोटको कृषि क्षेत्रको लागि केही नयाँ काम गरेको छु । नुवाकोटको तामाङ भन्ने वित्तिकै हामीलाई नेपाली कांग्रेसले शिर निहुरानुपर्ने अवस्थामा पु¥याएको छ । जो चेलीबेटी बेचविखन गर्छ,, जो दलला छ, यसलाई नेतृत्वमा पु¥याउने काम भएको छ । प्रत्यक्षरुपमा संरक्षण गरेर राखिएको छ । मेरो प्रदेश क्षेत्रमा रहेको यो समस्या अन्त्य गर्नको लागि हामलिे कृषिलाई वपहिलो प्राथमिकता दिनुपर्छ भन्ने हिसावले म कृषि राज्यमन्त्री हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत नेपालमा भएका युवाहरुलाई यही केही गर्नुपर्छ,उनीहरुको लागि कृषिमा रोजगार सिर्जना गर्नुपर्छ । भनेर स्वदेशी पुजीबाटै सञ्चालित यो परियोजना नुवाकोटमा पनि सुरु गरिएको छ । पहिलो चरणको कार्यक्रम अन्र्तगत मेरै पालोमा आलुको लागि ढिकुरे हुँदै दोस्रो चरणमा तरकारीको लागि ककनी, बेलकोटलगायतका स्थान छनौट गरि परियोजना सुरु भएको छ । यो परियोजना सफल भयो भने नेपाली कांग्रेस देशैभरीबाट बडारिने छ भन्ने सोचका साथ बजेट कटौती गर्ने काम भएको छ । परियोजना अन्र्तगत विभिन्न जिल्लामा कोल्डस्टोर सञ्चालन गर्ने पैसाले गाडी खरिद गरेर ठूलाबडाहरु चढेर हिड्ने काम भइरहेको छ । यस्तो पार्टीले कसरी नेपाल र नुवाकोटका नागरिकलाई हसाँउन सक्नुहुन्छ ?

विशेषगरी मलाई यो क्षेत्रबाट जिताउनुभयो भने यो परियोजनालाई अझै विशिष्टकृत ढंगबाट सञ्चालन गरी प्रभावकारी बनाउने उद्देश्य रहेको छ । आगामी १० वर्षभित्रै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि हाम्रो उद्देश्य हुनेछ । पाँच वर्षमा स्वास्थ्य, शिक्षा र खानेपानीको लागि कुनै नेताको घरमा धाउन नपर्नेगरी समस्याको समाधान गर्नेछु । यहाँ उत्पीडित महिलाहरु अलि बढी छन् । महिलाहरुलाई न्याय र समानतामा समान पहुँच बनाउने मेरो प्राथमिकता हुने छ ।

निर्वाचन लड्दै गर्दा कत्तिको सजिलो असजिलो महसूस गरिरहनुभएको छ ?

अहिलेको राजनीति इमान्दार कार्यकर्ताले नेतृत्वदायी भूमिका नपाउने अवस्था सिर्जना भएको छ । विशेष गरी नेपाली कांग्रेसभित्र यो संस्कृति मौलाउँदै गएको छ । उनीहरुअहिलेको राजनीतिक परिवेश पैसा, पावर र नेताको आसेपासेमा मात्रसीमिति भएको मैले पाएको छु । राजनीतिमा इमान, त्याग र दुःख गरेका कार्यकर्ताहरु पाखा लाग्दै जानुपर्ने अवस्था सिर्जना भएको छ । यति धेरै खर्च गरेर चुनाव जित्नेहरुबाट राष्ट्र निर्माणमा योगदान नि सक्दैन । अहिले नेपाली कांग्रेसका उम्मेदवारहरु यही निरंकुशताबादी सोचबाट ग्रसित छन् । पाँच वर्षसम्म विकास निर्माण र नागरिकको आधारभुत समस्या समाधानको लागि केही नगर्ने अनि सोझा नागरिकहरुको मत कमिशन र कालो धन थपारेर आर्जन गरेको पैसाले खरिद गर्ने दाउमा छन् । यस्तो परिस्थितिमा मैले केही चुनौती पनि देखेको छु । राजनीतिक पेशा होइन, सेवा हो । त्यसकारण पनि युवा नेतत्वको आवश्यकता छ । म युवा देश र समाजको लागि केही योगदान गर्ने विशिष्ट उद्देश्यसहित आएको छु । जनताले मलाई विश्वास गर्नुहुनेछ भन्नेमा आशावादी पनि छु ।

अन्तमा केही भन्नुहुन्छ मतदातासँग ?

म महिला मात्र होइन, योग्य महिलाहरु पनि धेरै छन्, उनीहरुले पनि पार्टीप्रति ठूलो त्याग गरेका छन् । म महिलाको मात्र होइन, सबैको प्रतिनिधित्व गर्दै निर्वाचन लड्दै छु । अहिले महेन्द्र थिङहरुसँग हामीले प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता छ । राजनीतिक दलहरुले महिलालाई पनि समान अवसर दिनु आवश्यक छ । नेपाली कांग्रेसले लामो समय यो देशको शासनसत्तामा रजाई गरेको छ । हामी कम्युनिष्टहरु एक जुट हुन नसक्दा देशले लामो समय अस्थिरता र विकासमा निकै पछि प¥यो । कांग्रेसले देश विकास र प्रगतीपथमा हिँडाउनका लागि कुनै योगदान दिन सकेन । जति काम भएका छन्, जति कामको सुरुवात भएको छ त्यो कम्युनिष्टहरुको छोटो नेतृत्वमा मात्रै भएको छ । यसको शिकार हामी नुवाकोटवासीले पनि भोगिसकेका छाँै । अव हामी बामपन्थीहरुलाई पाँच वर्ष सत्ता चलाउने अवसर दिनुहोस् । पाँँच वर्षभित्रै हामी विकास र समृद्धि भनेको यस्तो पो रहेछ भनेर देखिने गरी काम गरेर देखाउनेछौँ भन्न चाहन्छु ।

प्रस्तुतीः भोलाराज पौडेल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top