२०८१, १४ बैशाख शुक्रबार

घ्याङफेदीमा हेलिकोप्टर मार्फत टान्सफर्मर पु-याइयो (भिडियो सहित)

    कार्तिक ३० २०७४ १५:२५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

घ्याङफेदी (समुन्द्रटार) । विकासको पर्याप्त सम्भावना भएर पनि पछि परेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ घ्याङफेदीमा विद्युत् सेवा विस्तारका लागि हेलिकोप्टर मार्फत टान्सफर्मर पु-याइएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि विकासका लागि देखाएको सक्रियता तथा जनतालाई सहज रूपमा सेवा पु-याउने अभियानअन्तर्गत विद्युत् सेवा विस्तार गर्न समुन्द्रटारसम्म गाडीले पु-याएको २५ केभीए क्षमताको टान्सफर्मरलाई मंगलबार हेलिकोप्टरमार्फत घ्याङफेदीको किगाङमा लगिएको हो ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ र दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङको पहलमा समुन्द्रटारबाट हेलिकोप्टरमार्फत टान्सफर्मर लगेर विद्युत् सेवा विस्तार भएको छ । हेलिकोप्टरमार्फत टान्सफर्मर पु-याएसँगै किगाङ, हुकेल, श्यामदुङलगायतका बस्तीमा रहेका सयभन्दा बढी घरधुरीलाई विद्युत् सेवा विस्तार गर्न सहज हुने भएको छ ।

भौगोलिक रूपमा कठिनाइ, सञ्चार र प्रशासनिक निकायको पहुँचबाट टाढा रहेका बासिन्दालाई विद्युत् सेवा पु-याउन पोल र तारसमेत विस्तार भइसकेकाले अबको एक साताभित्र उपभोक्ताले बत्ती बाल्न पाउने वडाध्यक्ष तामाङले बताए ।

जनप्रतिनिधिको आगमनसँगै घ्याङफेदीको विभिन्न बस्तीमा सडक विस्तार, विद्यालयहरूमा शैक्षिक विकासमा प्राथमिकता, स्वास्थ्य चौकीमा सहज रूपमा औषधि उपलब्ध गराउन पहल भइरहेको सहकर्मी रञ्जमान तामाङले जानकारी दिए ।

भिडियो:

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top