World Tuberculosis Day 2025
sujim advert

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण सुरु

    अशोज २९, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

वैकल्पिक राजमार्ग भएकाले निर्माणमा सहयोग गर्न सडक कार्यालयको अनुरोध

नुवाकोट, असोज २८ । डिभिजन सडक कार्यालय नुवाकोटले ४० किलोमिटर लामो दुईलेनको सडक (लोकसञ्चार मार्ग) निर्माण सुरु गरेको छ । झन्डै डेढ अर्ब रुपैयाँ लागत लाग्ने उक्त सडकको पहिलो खण्डको दश किलोमिटर सडकको शुक्रबारदेखि निर्माण सुरु भएको हो । डीपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डको लागि ५० करोड ८५ लाख रुपैयाँ लाग्ने उल्लेख गरिए पनि सवा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण पूरा हुने छ । सडक कार्यालय नुवाकोटका अनुसार पहिलो खण्ड जिलिङ्गको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीको बाह्रबीसेको कोल्पुखोला पुलसम्म हुनेछ । कोल्पुखोलाको पुलदेखि धार्केसम्मको तेस्रो खण्डको काम भने डिभिजन सडक कार्यालय भरतपुर चितवनले गर्ने छ ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वार्षिक विकास कार्यक्रम नामको रेडबुकमा आर्थिक वर्ष २०७३÷०७४ देखि समावेश भएको उक्त आयोजना सम्भावित रणनीतिक सडक शीर्षकमा समावेश छ । बजेट उपशीर्षक नम्बर ३३७३३५ भएको पी वानको उक्त सडकको शुक्रबार जिलिङको पाँचखलेमा आयोजित एक कार्यक्रममा डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले निर्माणको शुभारम्भ गरे । निर्वाचन आचारसंहिता लागू भएको कारण राजनीतिक दलका नेता तथा मन्त्रीहरुलाई नबोलाई सडक कार्यालय आफैंले काम सुभारम्भ गरेको हो ।

लोकसञ्चार मार्गको पहिलो चरणको सिमखेत–केउरिनी–हर्रे खण्डको ९ किलोमिटर ९ सय मिटर सडक कालोपत्रेमा स्तरोन्नति गर्न स्वच्छन्द÷वल्र्डवाईड÷अमृत जे.भी. नामको काठमाडौंमा दर्ता भएका तीनवटा ठेकेदार कम्पनीले संयुक्त रुपमा २४ करोड, २८ लाख ८४ हजार ३ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता गरेका छन् । पहिलो खण्डको कालोपत्रेसम्मको काम ठेकेदार कम्पनीले २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्षमै सक्ने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले उक्त सडकको पहिलो खण्डलाई ५० करोड ८५ लाख रुपैयाँको काम बहुवर्षीय ठेक्काबाट गर्न २०७३ साल मंसिर २७ गते सहमति दिएको थियो । ठेक्काको प्रक्रिया लामो भएको कारण गत असार मसान्तमा मात्र ठेकेदार कम्पनीसँग सडकले सम्झौता गरेको थियो । सम्झौता गरे लगत्तै वर्षायाम सुरु भएको कारण असोजमा मात्र सडकको स्तरोन्नति सुरु गरिएको हो । अर्थले दिएको भन्दा आधा रकममा ठेक्का सम्झौता भएको कारण बाँकी पैसाको दोस्रो खण्डको ठेक्का आव्हान सडकले चाँडै नै गर्ने तयारी गरेको छ ।

दोस्रो चरणमा हर्रे–बाह्रबीसे (कुमारीको कोल्पुखोला पुल) खण्डमा सडक विभागले गरेको डीपीआरको प्रारम्भिक रिपोर्टमा १ अर्ब ५ करोड ६६ लाख २७ हजार २ सय ३ रुपैयाँ ५२ पैसा बजेट लाग्ने उल्लेख गरिएको छ । उक्त रिपोर्टमा केही संशोधन भई रकम थप÷घट हुन सक्ने अनुमान सडक विभागले गरेको छ । उक्त खण्डको डीपीआर सडक विभागले कन्सल्टेन्सी लगाएर गरेको हो । यो सडकको जिलिङदेखि धार्केसम्मकै डीपीआर भने तयार भइसकेको छ ।

लोकसञ्चार मार्ग रसुवागढी–गल्छी सडकको नुवाकोट जिल्लाको हालको बेलकोटगढी नगरपालिका–८ सिमखेत बालुवाखानीबाट सुरु भएर पुरानो जिलिङ गाविस भवनहुँदै केउरिनी हर्रे, बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोर हुँदै कुमरीबाट निर्माणाधीन बाह्रबिसेको मोटरेवल पुलबाट धादिङको आचार्य पोखरीबाट पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको मिलनबिन्दु नजिक नौबिसेमा पृथ्वीराजमार्गमा जोडिने छ । यो सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैं रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहजता प्रदान गर्ने छ । सोही कारण यो सडकलाई वैकल्पिक राजमार्गको रुपमा हेरिएको छ । साथै उक्त सडक निर्माणले नुवाकोट र धादिङका कयौं गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक निर्माणको शुभारम्भ गर्दै सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले उक्त सडक महत्वपूर्ण भएकाले निर्माण कम्पनीलाई ढिला नगरी काम गर्न आग्रह गरे । साथै उनले सडक कार्यालय र ठेकेदारको पहलमा मात्र सडक निर्माण पूरा हुन समस्या पर्ने भएको भन्दै स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे । प्रमुख शाक्यले सडक नै सम्पूर्ण विकासको मेरुदण्ड भएकाले त्यही अनुसार सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका–८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले आफू र नगरपालिकाले सडक निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सञ्चारकर्मी रामप्रसाद पुडासैनीले यातायातको विकास नै सम्पूर्ण विकासको आधार भएकाले सडक निर्माणको काममा सहयोग गर्न सबैसँग अपील गरे ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top