sujim advert

नुवाकोट समाज दक्षिण कोरीयाको चौथो साधारणसभा सम्पन्न

    अशोज २१, २०७४

sizen education new intake 2025
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot

सोल । नुवाकोट समाज दक्षिण कोरीयाको चौथो साधारणसभा भव्यताको साथ सम्पन्न भएको छ। दोंगदेमूनस्थित सुभेक्ष्या हलमा भएको उक्त सभामा उल्लेखनीय प्रवासी नुवाकोटबासीहरूको उपस्थित रहयो ।

कोरियामा रहेका सम्पुर्ण नुवाकोटबासी बिच आपसी समझदारी, सद्भाब आपतबिपतमा सहयोग गर्ने शेल्टर ब्यवस्थापन तथा जन्मभुमिको लागी केहि रचनात्मक काम गर्ने उद्देश्य ले सन २०१४ मा गठन भएको हो । 
कोरियाको समाजमा सकृय भूमिका निभाउदै आएको समाजले केही साल अघिदेखी नुवाकोट आवासगृहको संचालन गरिरहेको छ। आगामी दिनहरुमा अझ सकृय रुपमा अघी बढ्ने बिषयमा छलफल तथा नया साथीहरुको परिचय तथा स्वागत कार्यक्रम पनि गरिएको थियो । साथै विभिन्न कारणबस कोरियाको बसाईं सक्कीएर नेपाल गएका कार्यसमिति ब्यक्तिको रिक्त पदपूर्ति पनि बहाल गरीएको थियो ।

नुवाकोट समाजले हालसम्मको समाजिक कार्य र संस्थाको गतिविधिको बारेमा संस्थाका संरक्षक रंजन कुँवरले जानकारी दिए यसैगरी संस्थाका अध्यक्ष सोम वाईवा तामाङले संस्थालाई अझ मज़बूत बनाउन सम्पूर्ण कोरियामा विभिन्न पेशामा आबद नुवाकोटबासीलाई आआफ़नो ठाउँबाट सहयोग गरीदिन आग्रह गरे।

उक्तसभामा संस्थाको बार्षिक कार्यको प्रतिबेदन संस्थाका सचिव जनक पंडितले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष अर्जुन नेपालले प्रस्तुत गरेका थिए ।

नया कार्यसमिति :-
१) अध्यक्ष :सोम वाईवा तामाङ
२) वरिष्ठ उपाध्यक्ष: संतोष कुमार राई
३) उपाध्यक्ष : संजय तमांग
४) उपाध्यक्ष : जनक पंडित
५) सचिव : यदु गिरी
६) सह सचिब : हरी शरण न्यौपाने
७)कोषाध्यक्ष: कृतिका आचार्य
८) सह कोषाध्यक्ष :बिनोद कुमार थापा

सदस्य
१) बच्युमाया तमांग
२) सुंदर प्रसाद अधिकारी
३) रघु खड़का
४) जितेंद्र तामाङ
५) नरेश रत्न रम्बा
६) रमित रेग्मी

संरक्षक
रंजनराज कुँवर

बरिस्ठ सल्लाहकार
१) गोकर्ण रिजाल
२) गोविन्द प्रसाद पाण्डे

सल्लाहकार
१) पद्मा श्रेस्ठ
२) उईना सिंह तामाङ
३) श्रीराम श्रेष्ठ
४) अर्जुन नेपाल
५) माधव फुयाल
६) चंद्र तामाङ

-नयाँ दैनिकी

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top