घाइतेलाई टेकु अस्पताल पठाइदै
२२ भदौ, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् ।
गत विहीबारदेखि आजसम्म २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । नगरपालिका वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते भएका छन् ।
घाइतेहरुको मेहेलकुना अस्पताल र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।
घाइतेहरुलाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन् ।
स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा नगर स्वास्थ्य कार्यालय प्रमुख, नगरप्रमुख, जनप्रतिनिधिहरु सहितको आकस्मिक वैठक वसिरहेको छ ।
वैठकमा घाइतेहरुको उपचारका विषयमा छलफल भइरहेको छ । -अनलाइन खबर
प्रतिक्रिया