+
Search

ताजा अपडेट +

पपुलर +

सनराइज बैंकद्धारा ग्राहक सुविधा केन्द्रको शुभारम्भ

डबली खबर
८ साल अगाडी

भाद्र २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको वाणिज्य बैंकको रुपमा मिति २०६४ साल आश्विन २५ गते स्थापित सनराइज बैंक लिमिटेडले पूर्व मेची देखि पश्चिम महाकाली सम्म ७० बटा पूर्ण शाखा, १६ बटा शाखा रहित बैकिङ, ३ वटा एक्स्टेन्सन काउन्टर र ८२ वटा एटिएम मार्फत ३ लाख ६५ हजारभन्दा बढी निक्षेप ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । देशको स्थापित प्रमुख वाणिज्य बैंकहरु मध्यको एक यस बैंकले स्थापना काल देखि नै आफ्ना ग्राहक वर्गलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै क्रममा आफ्नो ग्राहकहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको विभिन्न समस्याहरु समाधान गर्ने, बैँकिङ्ख सम्बन्धी सामान्य जानकारीहरु दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन गर्ने जस्ता कार्य गर्ने हेतुले ग्राहक सुविधा केन्द्र (Call Center) को शुभारम्भ गरेको व्यहोरा अवगत गराउन चाहन्छौँ । उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष श्री मोतीलाल दुगडज्यूले गर्नुभयो । उक्त समारोहमा संचालक समितिका सदस्यहरू डा. भोगेन्द्र गुराँगाइ, ई.बच्छराज तातेड, श्री दीपक नेपाल, श्री ज्योती कुमार बेगानी एवं बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगायत बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो ग्राहक सेवा केन्द्रमा दक्ष जनशक्तिले ग्राहक तथा अन्य सर्वसाधारण टेलिफोन÷मोबाईल मार्फत बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको विभिन्न समस्याहरु समाधान गर्ने, बैँकिङ्ख सम्बन्धी सामान्य जानकारीहरु दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन गर्ने जस्ता कार्यहरु गर्नेछन् । साथै बैंकका सेवा सुविधा सम्वन्धी जानकारी चाहिएमा बैंकको टोल फ्रि (पैसा नलाग्ने) नम्वर १६६००१२२४४४ मा फोन गरी बैकिङ्ग सम्बन्धी आवश्यक सम्पुर्ण जानकारी पाउन सक्नेछन् । हाल बैँक बिदा भएका दिन बाहेकसम्पूर्ण दिनहरुमा टेलिफोन सेवा उपलब्ध हुनेछ । नेपालभर कुनै पनि स्थानवाट प्रयोग गर्न सकिने यो सेवा ग्राहकको माग तथा आवश्यकता अनुरुप बढाई चौबिसै घण्टा सुचारु गरी बिदाका दिनमा समेत ग्राहकलाई यो सुबिधा दिईने बैँकको भाबी योजना रहेको छ ।

आफ्ना ग्राहकहरु सम्म पुग्ने र आधुनिक प्रविधिको प्रयोग गरी उनीहरुको गुनासो तथा सुझावहरु सुन्ने तथा निराकरण गर्नका लागि बैँकले यो सेवा सुचारु गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ