sujim advert

मतदान अधिकृत स्थानीय तहमा खटिए

    भदौ १९, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

election commission nepal nuwakot trishuli web
bidur tax consultancy services in nuwakot

जनकपुरधाम, १९ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत स्थानीय तहमा खटिइसकेको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा जिल्लामा स्थानीय तहअन्तर्गत जनकपुर उपमहानगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, जनकनन्दिनी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, विदेह नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार तीन लाख ८९ हजार ३९१ मतदाता भएको यस जिल्लाको स्थानीय तहका लागि ३८५ मतदानस्थल र ६३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

सोअन्तर्गत जनकपुर उपमहानगरपालिकाको २५ वडामा ७५ हजार ५९४ मतदाताका लागि ५८ मतदानस्थल र १०१ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनबाट जिल्लाको स्थानीय तहमा ९२९ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।

जनकपुर उपमहानगरपालिकाको मतगणना महेन्द्रनारायण सांस्कृतिक केन्द्रमा र अन्य स्थानीय तहको मतगणना स्थानीय सुविधाअनुसार व्यवस्था गरिएको छ । जनकपुर उपमहानगरपालिकाको मतगणना स्थलमा सिसीटिभी जडानको व्यवस्था गरिने जनाइएको छ । -रासस

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top