sujim advert

सरसफाई सप्ताह महाअभियानको सातौं संस्करण सम्पन्न (फोटो फिचर)

    भदौ १०, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

सुनील श्रेष्ठ / विदुर नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक स्थल सरसफाई गर्ने उद्देश्यले विदुर सिटी युथ क्लबले आयोजना गरेको सरसफाई सप्ताह महाअभियान २०७४ को सातौं संस्करण आज सम्पन्न भएको छ ।

जिल्लाकै राजनैतिक मञ्च मानिने विदुर-२ मा रहेको लोकतान्त्रिक चौतारामा सफाई गरी पार्टीगत झन्डा तथा प्रचारप्रसारका कुनै पनि व्यानर राख्न र टाँस्दा चौताराको सुन्दरता बिग्रिने हुनाले चौताराको सरसफाईमा ध्यान दिनुपर्ने क्लबले बताए ।

चौतारा परिसरमा रहेको शिवलिंग, गणेश, कुमार, लक्ष्मीनारायण लगायत भगवानका मुर्ति, घण्टी, टायल तथा परिसर सरसफाई र घन्टी अड्डाउन राखिएको फलामे डन्डीमा रंगरोहण गरेको विदुर सिटी युथ क्लबले जनाएका छन् ।

मुर्तिलाई कालान्तर राख्न मुर्तिमा पूजा गर्ने प्रवृतिलाई सुधारिकरण गरिनुपर्ने र धुप/बत्तीलाई उचित ठाउँमा मात्र बलिनुपर्ने सबैमा क्लबले अनुरोध गरेको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top