बट्टार । महेन्द्रा गाडीको सर्भिसिङ्ग लगायतका अन्य पाटपुर्जा खरिद र मर्मतका लागि आजबाट काठमाडौं जानु नपर्ने भएको छ । आज उत्सुक अटो मोवाइलस्ले बट्टार बजारमै आधिकारिक सभिसिङ्ग सेन्टरको स्थापना गरेसंगै महेन्द्रा गाडीको सबै काम नुवाकोटमा हुने भएको छ ।
दम्कीमा आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महेन्द्र गाडीको आधिकारिक सर्भिसिङ्ग सेन्टरको सुरुवात गर्नुभएको छ । सात वर्ष देखि नुवाकोट र रसुवामा महेन्द्रा गाडी सञ्चालनमा रहे पनि मर्मत, सर्भिसिङ्ग तथा सामान खरिदका लागि काठमाडौंनै जानु पर्ने वाध्यता रहेको थियो । नुवाकोटमा मात्रै दुई सय भन्दा बढी महेन्द्राका गाडीहरु नियमित सञ्चालनमा रहेको अनुमान गरिएको छ ।
गाडीहरु सञ्चालनमा रहने तर सर्भिसिङ्ग गर्ने सम्मको सेवा यातायात व्यवसायीले नपाएको कारण आफुले यो सेवा सुरु गरेको उत्सुक अटो मोवाइलस्का सञ्चालक शरण उत्सुक सापकोटाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यस्ता खाले ब्यवसायले विदुर नगरपालिकाको महत्व बढ्ने र जिल्लामै सबै प्रकारका सेवा सुविधाको उपलब्ध हुँदा जिल्लावासीलाई गौरव हुने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लामा महेन्द्रा गाडीको प्रयोग बढेसंगै सोरुमको पनि आवश्यकता रहेको औल्याउनुभयो ।
कार्यक्रममा महेन्द्रा गाडी नेपालमा विक्रि गर्दै आएको अग्नी इन कर्पोरेट प्रालिका डेप्युटि जनरल म्यानेजर अमितकुमार चौधरीले महेन्द्रा गाडीका लागि नुवाकोट र रसुवा उपयुक्त स्थान रहेको बताउनुभयो । उहाँले यहाँको भुगोल र सडकको अवस्था अनुसार महेन्द्र गाडी उपयुक्त हुने बताउनुभएको छ ।
महेन्द्रा गाडीको आधिकारिक सभिसिङ्ग सेन्टरको सुभारम्भ समारोहमा नुवाकोट जिल्लाका प्रतिष्ठित उद्योगी, व्यवसायी, व्यापारी, चालक, यातायात ब्यवसायी, जिल्लाका सरकारी अधिकारीहरु तथा बैंकका शाखा प्रवन्धकहरुको उपस्थिति रहेको थियो ।
© इमेज साप्ताहिक
प्रतिक्रिया