२०८०, १५ चैत्र बिहीबार

क्रिस्टलका गहना बनाउने तालिम सम्पन्न

    भाद्र ८ २०७४ २२:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार/सीप सिकौँ रोजगार बनौँ, उद्यम गरौँ, उद्यमी बनौँ भन्ने मूलनाराका साथ विदुर नगरपालिका–४ मा १५ दिने क्रिस्टलबाट गहना बनाउने र
डल्लो साबुन बनाउने तालिम गत हप्ता सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्रै तालिम लिएको साथर्कता रहने बताए । विदुर नगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिम महिलाले घरको काम सकिएपछि फुर्सदको समयमा काम गरेर आयआर्जनमा वृद्धि गराउन उपयोगी हने विदुर नगरपालिकाकी उपमेयर गीता दाहाल अर्यालले बताइन् ।

घरमा नै बसेर आर्थिक उपार्जन गर्न सक्ने तालिम भएकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन उनले आग्रह गरिन् । क्रिस्टलबाट गहना बनाउने र डल्लो साबुन बनाउने तालिम लिएकाले व्यावसायिक रूपमा काम गर्न चाहेमा नगरपालिकाले अनदान दिनेसमेत मेयर सञ्जु पण्डितले बताए । कार्यक्रमलाई विदुर नगरपालिका–४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, नेकपा एमाले जिल्लाकमिटीका सचिव बद्धिबहादुर प्रधानलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top