sujim bazar advert

रसुवागढीमा सुख्खा वन्दरगाहको निर्माण प्रक्रिया सुरु

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नेपालवाट चीन प्रवेश गर्ने दोश्रो ठूलो तथा छोटो रसुवागढी नाकास्थित भोटोकोसी किनारमा सुख्खा वन्दरगाहको निर्माण प्रक्रिया भैरहेको छ ।

रसुवा सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दुरीमा रहेको टिमुरे गाविसको टिमुरेमा सुख्खा वन्दरगाह निर्माण प्रक्रिया सञ्चालन भैरहेको रसुवा प्रशासनले जनाएको छ । छिमेकी चीनले प्राथमिकतामा राखेको केरुङ नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको जग्गा अधिग्रहणको काम सकिएको छ । हाल मुआब्जा वितरणको तयारी भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविसको जग्गा अधिग्रहण सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । वाणिज्य मन्त्रालयले रकम उपलव्ध गराएपछि मुआव्जा वितरण हुने जनाइएको छ । सुख्खा वन्दरगाहका लागि प्रयोग गरिने ५९ रोपनी जग्गाको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्ने भएका छन् । जग्गा प्राप्ति ऐन अन्तर्गत सडकले छोएका जग्गाको ६ लाख रुपैयाँ प्रति आना पाउने भएका छन् ।

स्याफ्रुबेंसी–रसुवागढी सडक मार्गले नछोएका भित्री जग्गाको चार लाख प्रतिआना मुआब्जा निर्धारण गर्ने कार्य सम्पन्न भई वितरण गर्नुपर्ने ४८ करोड रुपैयाँ रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस भइसकेको बताइएको छ । मुआब्जा पाउनुपर्नेमा ५२ स्थानीयवासी रहेका छन् । रसुवाको टिमुरे क्षेत्रको तल्लो तटीय प्रहरी जाँच चौकीको सेरोफेरोदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म भोटेकोसी नदी आसपास क्षेत्रमा सडकभन्दा पश्चिम भागमा सुख्खा बन्दरगाह बन्ने छ । सुख्खा वन्दरगाह काठमाडौँदेखि १ सय ५० किलोमिटर दुरीमा छ ।

यस्तै ६८ करोडको लागतमा निर्माण हुने रसुवागढी एकीकृत भवनको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेनटाइन कार्यालय, बैंक र सुरक्षा समेतका निकायहरु रहनेछन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top