२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

सडक सञ्चालनको लागि तीन दिने श्रमदान

    श्रावण २ २०७३ १६:२२

pratik book and stationery center in nuwakot

पासाङ्गल्हामु राजमार्ग अन्र्तगतको रसुवा मुलखर्क र राम्चेमा पहिरोका कारण यातायातका साधन सञ्चालनमा देखिएको समस्या हटाउनका लागि सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता तथा नागरिकहले श्रमदान थालेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने उक्त अभियानको बुधवारदेखि शुक्रवारसम्म चलेको थियो । अभियान अन्र्तगत पहिरो र हिलोका कारण यातायातका साधनलाई आवतजावतमा भएको समस्या हटाउनका लागि ढुङ्गा ओछ्याउने कार्य भइरहेको छ ।

चार किलोमिटर पहिरो र हिलोयुक्त सडकलाई केही सजिलो पार्नका लागि ढुङ्गा ओछ्याउने कार्य थालिएको हो । अभियानमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सरकारी कर्मचारी तथा स्थानीय नागरिकहरू खटिएका छन् ।राम्चेबाट मुलखर्क नकाटेसम्मको सकडको अवस्थाका कारण यातायातका साधनमा यात्रा गर्ने यात्रुहरूले सास्ती ब्यहोर्दै आएका छन् । वर्खा सुरू भएसंगै आएको पहिरो र हिलो बाटोका कारण यात्रुहरूलाई सास्ती भएको छ ।

साना बरावरी साधन देखि चीनबाट आएको सामाग्री ओसार्ने ठूला कन्टेनरको बढ्दो चाप र भत्किएको सकडकका कारण कतिपय यात्रुहरूको बास पहिरोको बीचमा भइरहेको छ । एक लेनको उक्त सडक खण्डमा दुई तर्फी यातायातलाई आलोपालो गराउनु पर्ने र आर्थिक वर्ष सकिनै लाग्दाको समयमा बढ्दो आवातजावतका कारण सडकमा भिड लागेको छ ।

सडककै कारण रसुवा जिल्लाको माथिल्लो भागमा रहेको नौं वटा गाउँ विकास समितिका नागरिकहरू प्रभावित भएका छन् । अझ सदरमुकाम धुञ्चेमा काम लिएर जाने तथा राजधानी सहित अन्य जिल्ला जाने यात्रुहरू समस्या पर्दै आएका छन् ।

पहिलो चरणमा बढी हिलो भएर बसारी साधनहरू फस्ने गरेको स्थानमा ढुङ्गा ओछ्याउने काम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अर्जुन न्यौपानेले जनाउनुभएको छ । झण्डै एक महिना देखि सडकका कारण अबरूद्ध बन्नै आएको यातायातलाई सुचारू गर्नका लागि उक्त कार्यले राम्रो सघाउ पु¥याउने बताइएको छ ।

राम्चेबाट मुलखर्क नकाटेसम्मको सडकको अवस्थाका कारण यातायातका साधनमा यात्रा गर्ने यात्रुहरूले सास्ती ब्यहोर्दै आएका छन् । वर्खा सुरू भएसंगै आएको पहिरो र हिलो बाटोका कारण यात्रुहरूलाई सास्ती भएको छ । साना बरावरी साधन देखि चीनबाट आएको सामाग्री ओसार्ने ठूला कन्टेनरको बढ्दो चाँप र भत्किएको सकडकका कारण कतिपय यात्रुहरूको बास पहिरोको बीचमा भइरहेको छ । एक लेनको उक्त सडक खण्डमा दुई तर्फी यातायातलाई आलोपालो गराउनु पर्ने र आर्थिक वर्ष सकिनै लाग्दाको समयमा बढ्दो आवातजावतका कारण सडकमा भिड लागेको छ ।

चार किलोमिटरको उक्त पहिरो छिचोल्नका लागी सवारी साधनहरूलाई १० घण्टाको समय लाग्दै आएको छ । रसुवा जिल्लाको माथिल्लो भागमा रहेको नौं वटा गाउँ विकास समितिका नागरिकहरू प्रभावित भएका छन् । अझ सदरमुकाम धुञ्चेमा काम लिएर जाने तथा राजधानी सहित अन्य जिल्ला जाने यात्रुहरू समस्या पर्दै आएका छन् ।

पहिरो क्षेत्रमा मोटरसाईकल जर्वजस्ती छिराउन सकिने र ठूलो जोखिम रहेको यात्रुहरूले बताएका छन् । बिहान मुलखर्कको पहिरोमा पुगेका यात्रुहरू साँझ मात्रै पहिरो पार गर्न सक्ने अवस्था अहिले रहेको छ । पहिरो भन्दा बारी र पारी पोल्ट्रि गर्नका लागि यातायातका साधन नभएका कारण हतारोमा रहेका यात्रुहरू पैदल हिँड्नुपर्ने अथवा भाडाका साधन मगाएर हिड्नु पर्ने अवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top