sujim bazar advert

नुवाकोटमा उद्योग दर्ताको संख्या बढ्दो

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

सरकारले मुलुकलाई उद्योग कलकारखाना स्थापना गरेर आत्मनिर्भर बनाउने भनेर बताइरहँदा नुवाकोटमा जल्लामा उद्योग दर्ताको संख्या बढेको छ । घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटले दिएको जानकारी अनुसार नुवाकोटमा चालु आर्थिक वर्षमा मात्र ४ सय २४ वटा उद्योग दर्ता भएको छ ।

देशलाई आत्म निर्भर बनाउन सहायक सिद्ध ठानिएको घरेलु तथा साना उद्योगलाई प्रोत्सहान गर्ने कार्यक्रम भाषणमा प्राथमिकतामा परेपनि व्यवहारमा प्राथमिकतामा नपरेको घरेलु उद्यमीहरूको भनाई आइरहदा जिल्लामा साना तथा घरेलु उद्योगको दर्ताको क्रम भने बढिरहेको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक वर्ष २०७२/०७३ को बार्षिक कार्यप्रगती समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार अहिले नुवाकोटमा २ हजार ३ सय १० विभिन्न प्रकारका साना तथा घरेलु उद्योगहरू दर्ता भएको छ ।

यो वर्ष नुवाकोटमा निर्माणतर्फ ७ वटा, होटेल रेष्टुरेन्ट पर्यटनतर्फ ४५ वटा, राइस मिल २७ वटा, कृषि फर्म १ सय १६ वटा, ग्रील मेटल ७, मोबाइल १, पोल्टी १ सय २९ वटा दर्ता भएको छ । यस्तै बालुवा प्रशोधन उद्योग २० वटा, काष्ठ उद्योग २२, इट्टा ७ जटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख रामबहादुर रानाले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले घरेलु उद्योगलाई प्रबद्र्धन गर्न सकेमा मुलुक आत्मनिर्भर हुने र ग्रामीण भेगमा उद्यमीहरू समेत आर्थिक रूपमा सक्षम हुने बताए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम कत्तिको प्रभावकारी भयो भनेर प्रभावकारी अनुगमन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सीताराम रिमालले एक कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक देवबहादुर बोहोरा, विदुर नगरपालिकाका कार्यकारी अधिकृत प्रेमकुमार रसाइली, जिल्ला विकास समितिका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमाल लगायतको सहभागिता रहेको थियो ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top