+
Search

ताजा अपडेट +

पपुलर +

गाउँगाउँमा खुल्ला दिशामुक्तको लहर

डबली खबर
९ साल अगाडी

विदुर, नुवाकोटलाई सन् २०१६ भित्रै खुल्ला बनाउने अभियान अन्र्तगत आफ्नो गाउँलाई खुल्ला दिशामुक्त बनाउने विभिन्न गाविसमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

‘पूर्ण सरसफाईयुक्त गाँउ हाम्रो चाहना, ऐतिहासिक पर्यटकीय स्थल मनकामना” भन्ने नाराका साथ नुवाकोटका गाउँहरुलाई खुल्ला दिशामुक्त बनाउनको लागि शौचालयको महत्व, दिशाजन्य रोगले मानव स्वास्थ्यलाई पार्ने प्रभाव, शौचालय निर्माण पछि हुने स्वास्थ्य समाजलगायतका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा युएन ह्याविट्याटको सहयोगमा सुर्योदय सामाजिक क्लव, स्ट्यान्ड नेपाल, डिकोन नेपाललगायतका संस्थाहरुले खुल्ला दिशामुक्त अभियानलाई जारी राखेका छन् ।

यसैक्रममा नुवाकोटको मनकामना गाँउ विकास समितिलाई खुला दिशामुक्त क्षेत्र गाविस घोषणा गरिएको छ । जिल्लाको छैटौ गाविसको रुपमा मनकामना गाविस खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । मनकामनाको वडा नम्बर ४ सिरुपानीमा भएको खुला दिशामुक्त गाविस घोषणा कार्यक्रममा नुवाकोटको क्षेत्र नम्बर ३ बाट निर्बाचित सांंसद बहादुरसिंह लामा तामाङले खुला दिशामुक्त क्षेत्र घोषणाको लागी अन्य गाँउ विकास समितिलाई पनि आवश्यक मापदण्ड पूरा गर्न आग्रह गरेका थिए ।

तामाङले गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा भएबापत जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छन्दा समितिबाट आएको ५० हजार रुपैयाँ गाविस सचिव बाबुराम जैसीलाई हस्तान्तरणसमेत गरेका थिए ।

गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य यमकुमार खाती, राप्रपाका प्रवक्ता रामकृष्ण भट्ट, नयाँ शक्तिका धर्म गुरुङ, स्थानिय समाजसेवीहरु छत्र लामा, कमान सिंह लामा, स्थानीय राजनितिक दलका प्रमुख एवम प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

गाँउ विकास समितिलाई खुला दिशामुक्त क्षेत्र घोषणाको लागी सहयोग पुरयाउनु भएका गाविसका पुर्व सचिव रामहरि आचार्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मानका साथै बिदाई गरिएको गाविसका सचिव बाबुराम जैसीले बताए । मनकामना गाँउ विकास समितिलाई खुला दिशामुक्त क्षेत्र घोषणाको लागि डिकोन नेपाल, नेपाल रेडक्रस सोसाइटी, पुनःजागरण समाज नेपाल, वल्र्ड रिन्यु लगायतका संस्थाहरुले सहयोग गरेका छन् ।

दुई बर्षअघि तुप्चे गाँउ विकास समितिबाट शुरु भएको खुला दिशामुक्त गाविस क्षेत्र घोषणा केहि दिन अगाडीमात्रै बर्सुन्चेत गाविसलाई खुला दिशामुक्त क्षेत्र गाविस घोषणा गरिएको थियो । कार्यक्रममा गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणाको लागी सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ