२०८१, ११ बैशाख मंगलवार

सेरा खानेपानी व्यवस्थित

    असार २६ २०७३ ०८:१५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, विदुर नगरपालिकाको वडा नं. ९ को विभिन्न क्षेत्रमा खानेपानीको सेवा दिइरहेको सेरा खानेपानी उपभोक्ता समितिले लिफ्ट प्रविधिबाट पानी तानेको छ । यस अघि त्रिशूली जल विद्युत आयोजनाको नहरको पानी वितरण गर्ने गरिएकोमा अव इनार खनेर मूलको पानी प्रशोधन गरी वितरण गरिएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

समितिले त्रिशूली नदीको किनारमा ८ लाख रुपैयाँ लगानी गरेर २५ हर्ष पावरको पानी तानने पम्पले ४ इन्च पानी खानेपानीको लागि प्रयोग गर्ने उपभोक्ता समितिका सचिव केदारप्रसाद रिजालले बताए । इनारबाट एक सय मिटर पानी तानेर ठूलो ट्याङ्कीमार्फत उपभोक्तालाई वितरण गरिएको समितिले जनाएको छ । सेरा खानेपानी उपभोक्ता समितिमा पाँच सय जना सदस्य रहेका छन् । पानी वितरणको लागि तीन वटा लाख लाख लिटर क्षमतामा ट्याङ्की निर्माण भएको छ । खानेपानी योजनाका लागि समितिले सापटी लिएर काम गरेको र प्रति परिवार एक/एक हजार रुपैयाँका दरले रकम उठाउने योजना समितिले बनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top