विदुर, १८ असार । दुई महिना अघि रसुवाको यार्सा गाउँ विकास समितिमा बोक्सोको आरोपमा हत्या गरिएका तुलु सार्की थिङ्गको परिवारलाई आज गाउँमा पुर्न स्थापना गरिएको छ ।
दुई महिना अघि श्रीमानको हत्या भएपछि यो याल्मो तामाङ सहितको छोराछोरीहरुलाई जिल्ला प्रहरी कार्यालय रसुवाले संरक्षण दिँदै आएको थियो । आज जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी सहायक निरिक्षक शंकर श्रेष्ठ, ओरेक नेपाल रसुवाका ईञ्चार्ज सविना रिमाल र शक्ति समुह रसुवाका प्रमुख विजया तिवारीको पहलमा उनीहरुलाई गाउँमा पुर्न स्थापना गरिएको हो ।
शक्ति समुह रसुवाका प्रमुख विजया तिवारीका अनुसार बोक्सोको आरोपमा हत्या भएका तुलु सार्की थिङ्गका श्रीमती यो याल्मो, छोरी सुप्रिया र छोरा राजेन्द्रलाई घरमा बस्ने वातावरण मिलाईएको छ । साथै सोही अवसमा गाउँलेहरु सम्मा पारेर बोक्सी सम्वन्धी गलत प्रथाको विषयमा अभिमुखिकरण पनि दिइएको थियो ।
रसुवाको यार्सा गाउँ विकास समितिको वडा नं. ९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा बैशाख ५ गते जिउँदै पुरेर हत्या गरिएको थियो ।
हत्या आरोपमा प्रहरीले घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले –२ का साहिला थिङ भनिने छेनुर्बु तामाङलाई पक्राउ गरि अदालत पेश गरिसकेको छ ।
– गोसाइँकुण्ड सञ्चार
प्रतिक्रिया