sujim advert

पासाङल्हामु मार्गमा जोखिमपूर्ण यात्रा

    असार १८, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – भुकम्पका कारण लथालिङ्ग भएको पासाङल्हामु सडक मार्ग दुइ वटा सडक मर्मतमा सरोकारवाला निकायको ध्यान नदिँदा नुवाकोटवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

त्रिशूली जलविद्युत आयोजना निर्माणको लागि २०१५ सालबाट सञ्चालनमा आएको पछिल्लो तीन वर्षदेखि मर्मत हुन सकेको छैन । निकै साँघुरो र नागबेली घुम्ती भएको सडक वर्षातको समयमा माथिबाट आउने सानोतिनो पहिरोले नै बाटो अवरुद्ध हुने गरेको छ । ‘सडक मर्मतमा सरकारको ध्यान गएको छैन, बेलकोटका समाजसेवी रामहरी पाण्डेले भने– जात्रा निकै जोखिमपूर्ण भएको छ ।

काठमाडौंको बालाजुदेखि विदुर नगरपालिकाको पिपलटारसम्मको सडक विस्तारका लागि सरकारले दुई चरणमा काम गरिरहेको छ । रानीपौवादेखि बालाजुसम्मको सडक विस्तारको क्रममा खनिएको माटो व्यवस्थापन प्रभावकारी नहुँदा २५ किलोमिटर सडकको यात्रा जोखिम बनेको उनले बताए । ‘हिलोका कारण साना सवारी साधन गुड्नै समस्या रहेको छ, उनले भने– ‘तीन घण्टामा सजिलै पुगिने काठमाडौं अहिले पाँच घण्टासम्म लाग्ने गरेको छ ।’

रानीपौवादेखि पिपलटार खण्ड विस्तारको काम सुरु नभएपनि यो सडक निकै साघुरो भएका कारण ठाउँठाउँमा पहिरोको जोखिम रहेको छ । माथिबाट आउने पहिरोका कारण पटक पटक यात्रुहरुले अकालमा ज्यान गुमाउनु परेको स्थानीयबासीहरु बताउँछन् ।

‘विनासकारी भुकम्पका बेला माथिबाट आएको ढुंगाले वस किच्दा तीन जना र गत भदौमा माथिबाट पहिरोले वस पुरिँदा तीन जना यात्रुले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । भुकम्पपछि निकै जोखिममा रहेको सडकको न्यूनतम मर्मतको कामसमेत हुन नसकेको चतुराले गाविसका नवराज पाठकले बताए । ‘सडक विस्तारको नाममा सरकारले चासो नदेखाएको हुन सक्छ, पाठकले भने– ‘सडक विस्तार अघि नै सडक दयनीय बनिसकेको छ । ’

पछिल्लो समय नुवाकोट प्रवेश गर्ने थप दुई वटा नाका व्यवस्थित भएपछि यो सडक सरकारी वेवास्थाको शिकार भएको यात्रुहरुको बुझाई रहेको छ । विदुर नगरपालिकाको पिपलटारबाट धादिङको गल्छी र विदुर नगरपालिकाको गंगटे हुँदै काठमाडौंको टोखा जोड्ने सहायक मार्ग सञ्चालनमा रहेका छन् । सरकारले यो सडकलाई पनि सात मिटर कालोपत्रे हुने गरी निर्माणको कामलाई अघि बढाएपछि सडक मार्ग जिर्ण बन्दै गएको हो । ‘यात्रा गर्न निकै जोखिम रहेको छ, विदुरका राजकुमार अर्यालले भने– ‘न्यूनतम मर्मत नगर्ने हो भने फेरी पनि यात्रुहरुले अकालमै ज्यान गुमाउन नपर्ला भन्न सकिँदैन ।’

डिभिजन सडक कार्यालय नुवाकोटले भने पिपलटारदेखि बालाजुसम्मको सडक विस्तारको क्रममा रहेकाले यस वर्ष ठूलो मर्मतको काम अघि नबढेको जनाएको छ । कार्यालय प्रमुख रोहितकुमार विसुरालले सडक मर्मतको लागि नियमित काम भएपनि मर्मतपछि फेरी भत्काउनुपर्ने बाध्यताका कारण थप काम अघि बढेको प्रतिक्रिया दिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top