बिदुर – प्याकुरेल सेवा समाज नुवाकोटको नवौ वार्षिक साधरण सभा सम्पन्न भएको छ । गेर्खु गाउँ किवास समिति वडा नम्बर पाच कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष ज्ञानप्रसाद प्याकुरेलले आर्थिक वर्ष २०७२÷२०७३ को आर्थिाक आय व्यय प्रस्तुत भएको थियो ।
यस्तै कार्यक्रममा समाजका सचिब रामप्रसाद प्याकुरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्याकुरेल सेवा समाज नुवाकोटले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, प्याकुरेल सेवा समाजका सक्रिय सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रममा प्याकुरेल सेवा समाजका केन्द्रिय महासचिब ठाकुर प्याकुरेल, केन्द्रिय सदस्य कृष्णप्रसाद प्याकुरेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
प्याकुरेल सेवा समाज नुवाकोटका अध्यक्ष झनक प्याकुरेललको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानिय समाजसेवी लगायतकाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया